सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई


  •    /२७ जेष्ठ २०७६, सोमबार २२:२१ 
  • काठमाडौँ । प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज सम्पन्न भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

    आर्मीले लगातार चौथो उपाधि जितेको हो । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले गण्डकीलाई १६–२५, २५–८, २५–१० र २५–१६ अङ्कले हराएको हो । उपाधिसहित आर्मीले रु तीन लाख पुरस्कार प्राप्त गर्यो । उप–विजेता गण्डकीले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा तेस्रो भएको पुलिस क्लबले रु ७५ हजार पुरस्कार प्राप्त गर्यो।

    विजयी खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कार प्रदान गर्नुभयो । यही जेठ १९ गतेदेखि लिग कम नकआउटका आधारमा शुरु भएको उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.