सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर पीडित विकासलाई दुई लाख सहयोग


  •    न्युजभित्तो/२१ चैत्र २०७७, शनिबार १२:१३ 
  • दमौली, २१ चैत ।  व्यास साङ्गीतिक समूहले क्यान्सरपीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि रु दुई लाखभन्दा बढी रकम सहयोग गरेको छ ।

    समूहले दमौली, डुम्रे, आँबुखैरेनीमा साङ्गीतिक कार्यक्रम गरेर सङ्कलन गरेको रु दुई लाख २८ हजार १५५ पीडितको उपचारका लागि सहयोग गरेको हो । उक्त रकम समूहका अध्यक्ष मोहनराज आलेले पीडितका बुबा हस्तबहादुर दरैलाई हस्तान्तरण गर्नुभएको छ ।

    क्यान्सरपीडित दरैको उपचारका लागि व्यास–३ घर भई हाल अमेरिका बस्नुहुने उत्तम भट्टराईले रु १० हजार, नारायण पौडेलले रु पाँच हजार, ब्ल्याक स्ट्रोक रेस्टुरेण्टले रु तीन हजार १००, गोरखकाली बोर्डिङ स्कूलले रु २५ हजार, बाराही आवासीय माध्यमिक विद्यालयले रु २१ हजार ९०० सहयोग गरेको युवा अभियानकर्मी सुमन श्रेष्ठले जानकारी दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.