सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ सरकारका विषयमा पार्टी लामो समय मौन बस्न हुन्न: कांग्रेस नेता खाँड


  •    न्युजभित्तो/१३ चैत्र २०७७, शुक्रबार १४:१७ 
  • बुटवल, १३ चैत । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नयाँ सरकारका विषयमा पार्टी लामो समय मौन बस्न नहुने बताएका छन् । संविधान रक्षाका लागि कोसंग हातेमालो गर्ने भन्नेबारेमा पार्टी नेतृत्वले छिटो निर्णय गर्नुपर्ने धारणा राखे ।

    बुटवलमा राज्य टेलिभिजनले गरेको कार्यक्रममा उनले भने ‘लामो समय मौन बसेर हुन्न, संविधान रक्षा गर्न कोसंग हातेमालो गर्ने कोसंग संघर्ष गर्ने भन्ने निर्क्यौल निर्णय गर्नैपर्छ ।’

    नेता खाँडले मुलुकको पछिल्लो राजनीतिक अवस्था जनताले चाहे भन्दा धेरै पृथक भएकाले समयमै निकास दिन नसके ठूलो निराशा र विद्रोह हुनसक्ने तर्क गरे ।

    अहिलेको सरकार विस्थापन गरी नयाँ सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई आग्रह गरे पनि कांग्रेसले यस विषयमा निर्णय गर्न सकेको छैन ।

    यसै सन्दर्भमा नेता खाँडले वर्तमान सरकारले संविधानमाथि प्रहार गरिरहेको भन्दै संविधानको रक्षा र पालना गर्ने दलहरुसंगसहकार्य गर्ने बताए । उनले कोसँग सत्ता सहकार्य गर्ने भन्ने बारेमा कांग्रेसले छिट्टै निर्णय लिने पनि बताए ।

    वर्तमान सरकार बनेकै दिनदेखि संविधान, लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारमाथि प्रहार सुरु भएको भन्दै खाँडले आफैंले विघटन गरेको संसद सर्वोच्चले पुनःस्थापना गरेपछि प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा रहने नैतिकता नभएको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.