सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिलालाई जिउँदै खाल्डोमा पुरेको आरोपमा पक्राउ


  •    न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १८:०० 
  • काठमाडौँ, ६ चैत । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खोल्सीस्थित सडकमा महिलालाई जिउँदै खाल्डोमा हालेर पुरेको आरोपमा प्रहरीले एक स्काभेटरका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका– ६ बस्ने २२ वर्षका जीवन भन्ने भीमबहादुर बुढाथोकी रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले जनाएको छ ।

    काम गर्ने क्रममा स्काभेटरले ठक्कर दिएपछि नजिकै रहेको खाल्डोमा पुरेर भागेका उनलाई कञ्चनपुरथित नेपालभारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरिएको सिआइवीका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको छ । गएको फागुन १७ गते सडक मर्मत गर्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ४० की सरस्वती कुमाललाई ठक्कर दिएपछि जिउँदै खोल्डोमा हालेर पुरिएको थियो ।

    स्काभेटरको सहयोगमा प्रहरी र स्थानीयले खाल्डोबाट उनको शव निकालेका थिए । आक्रोसित स्थानीयले सोही बेला स्काभेटरसमेत जलाएका थिए । उक्त घटनापछि बुढाथोकी फरार थिए । उक्त घटनाको श्रव्यदृश्य समाजिक सञ्जालमा भाइरल बनेको थियो । भागेर भारत गएकाले तत्कालै पक्राउ गर्न सकिएको थिएन । उनी एक पटक नेपालगञ्ज आएको बेलामा पिछा गरेपनि प्रहरीको हातबाट फुत्किएको थापाले बताउनुभयो । त्यसपछि भागेर भारत जाने क्रममा कञ्चनुपुरस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको थापाले बताउनुभयो । रासस
    ­­­

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.