सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालको चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को तेस्रो सिजन आजबाट प्रशारण सुरु हुँदै


  •    न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १३:३१ 
  • काठमाडौं, ६ चैत । नेपालको चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को तेस्रो सिजन आजबाट प्रशारण सुरु हुँदैछ । हिमालयन टेलिभिजनमा शुक्रबार राति ८ बजे पहिलो एपिसोड प्रशारण हुने बिहिबार आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

    यसअघिका दुई सिजनको लोकप्रियताले यो रियालिटी शो संगीतप्रेमीमाझ प्रतिक्षित बनेको थियो । प्रतिस्पर्धी रियालिटी शो ‘नेपाल आइडल’ को पछिल्लो सिजन खासै चर्चामा आउन नसकेको हुँदा ‘भ्वाइस अफ नेपाल’ सँग ‘नेपालको नम्बर १ रियालिटी शो’ बन्नसक्ने अवसर छ ।

    दि भ्वाइस अफ नेपालमा ‘ब्लाइन्ड अडिसन’ लाई सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धाका रुपमा लिइन्छ । त्यसपछिका राउन्ड भने तुलनात्मकरुपमा फितलो भएको दर्शकको गुनासो छ । साथै, भ्वाइस नेपालका विजेताले पनि अपेक्षित ‘हाइप’ पाउन सकेका छैनन् ।

    भ्वाइस अफ नेपालका चार जना निर्णायकहरुमध्ये तीन पुरुष र एक महिला छन् । तेस्रो सिजनमा एकजना निर्णयक परिवर्तन गरिएको छ ।

    गायिका आस्था राउतको ठाउँमा तृष्णा गुरुङ आएकी छन् । अन्य निर्णायकमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा यथावत छन् । तृष्णा युवा पुस्तामा लोकप्रियता कमाइरहेकी उदयीमान गायिका हुन् ।

    भ्वाइस अफ नेपाल प्रख्यात अन्तर्राष्ट्रिय रियालिटी शो ‘दि भ्वाइस’ को नेपाली संस्करण हो । यसको पहिलो सिजनमा सिडी विजय अधिकारीले जितेका थिए भने दोस्रो सिजनमा राम लिम्बु विजेता बनेका थिए । उनीहरु दुवै संगीत क्षेत्रमा संघर्षरत छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.