सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँचौँ चितवन च्याम्पियनसिप : नारायणगढ फुटबल क्लब विजयी


  •    /२५ जेष्ठ २०७६, शनिबार २१:४६ 
  • चितवन । चितवनको भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नारायणगढ फुटबल क्लब विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै पक्षबाट १/१ गोल भएपछि पेनाल्टी सुटआउटबाट नारायणगढ फुटबल क्लब विजयी भएको हो ।

    प्रतियोगताको पहिलो हाफमा नारायणगढ फुटबल क्लबका रमेश गडतौलाले १ गोल गरेका थिए । दोस्रो हाफमा राप्ती रिभर फुटलब क्लबका कप्तान मिलन लामाले १ गोल गरेपछि प्रतियोगिता पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नारायणढ फुटबल क्लबले ४ गोल गर्दा राप्ती रिभर फुटबल क्लबले २ गोल मात्रै गरेपछि आजको खेल नारायणगढ फुटबल क्लबको पोल्टामा पुगेको हो । प्रतियोगिता अन्तर्गत आजको खेलमा नारायणगढ फुटबल क्लबका रमेश गडतौला म्यान अफ दी म्याच भएका छन् ।

    प्रतियोगिता अन्तर्गत भोलि आइतबार नारायणी मोटर्स युनिक फुटबल क्लब भरतपुर र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना, समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिम सहभागी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.