सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुनःस्थापित नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय समिति बैठक


  •    न्युजभित्तो/१ चैत्र २०७७, आईतवार १२:३४ 
  • काठमाडौं, १ चैत । पुनःस्थापित नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठक आज आईतबार देखि काठमाडौंमा शुरू भएको छ ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो अवस्था र पार्टीको अबको रणनीतिबारे जानकारी गराएका छन् ।

    माओवादी केन्द्रको बैठकमा एमालेसँग एकता हुँदा माओवादीतर्फबाट बनेका केन्द्रीय सदस्यहरू सहभागी छन् । त्यसअघिको संरचना भद्रगोल रहेकाले साबिक नेकपाकै केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटी बैठकमा सहभागी गराइएको माओवादी स्रोतले जनाएको छ ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसला अकल्पनीय ढंगले आएकाले आफूहरुलाई ‘सेटब्याक’ भएपनि धुलो टक्टक्याएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । अदालतको फैसलाले गम्भिर प्रश्न खडा गरेको प्रचण्डको भनाइ छ ।

    एक केन्द्रीय सदस्यका अनुसार एमालेमा माधव नेपाल पक्षलाई केपी ओलीले प्रवेश नै नदिएको भन्दै ढिलो(चाँडो आफूहरू पुनः एक ठाउँमा आउनैपर्ने भएकाले माधव नेपाल पक्षलाई चिढ्याउने खालका अभिव्यक्ति र क्रियाकलाप नगर्नसमेत निर्देशन दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.