सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हाम्रो माग पूरा भए सरकारमा जाने सोच्‍न सकिन्छ : राजेन्द्र महतो


  •    न्युजभित्तो/२६ फाल्गुन २०७७, बुधबार १५:५७ 
  • काठमाडौं २६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र महतोले सरकारलाई समर्थन मात्रै गर्न आफूहरूको जन्म नभएको बताएका छन् ।

    संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता महतोले सरकारमा जानेभन्दा जसपाको माग पूरा गर्नु महत्वपूर्ण रहेको बताए ।

    ‘हिजो गोली चलाएर कांग्रेस, एमाले, माओवादीले संविधान जारी गरेको हो । अहिले संविधानमा प्रतिगमन भएकै हो । हाम्रो माग पूरा भएपछि मात्रै सहकार्यको कुरा हुन्छ’, महतोले भने । जसपाले सरकारलाई समर्थन गर्नुपर्ने कुनै बाध्यता रहेको भन्दै महतोले जसपाको गठन सरकारलाई समर्थन गर्न मात्रै नभएको प्रष्ट्याए ।

    उनले जसपालाई बारम्बार धोका भएको भन्दै महतोले प्रधानमन्त्री ओलीले पनि विगतमा पनि सहमति गरेर ठगेको बताए । ‘केपी ओलीसँग सहमति गरेर यो सरकारलाई हामीले समर्थन दिएकै हो नि । तर दुईतिहाई हुँदापनि हाम्रो माग पूरा गरिएन । अब पनि यस्तै धोखाधडी चल्दैन’, महतोले भने ।

    उनले संविधान संशोधन, रेशम चौधरीको रिहाई नभएसम्म सत्तामा जानेबारे सोच्न नसकिने बताए । ‘अब हुन्छ हुन्छ भनेर मात्रै हुँदैन । गरेर देखाउनुपर्‍यो । हुन्छबहादुर होइन, गर्छुबहादुर चाहियो’, महतोले भने ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.