सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीले पहल गरे पुनः एकता हुन सक्छ : नारायणकाजी


  •    न्युजभित्तो/२६ फाल्गुन २०७७, बुधबार १५:०७ 
  • काठमाडौं २६ फागुन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले तत्काल केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने मुड बनाएको छैन ।

    फेरि पनि एमाले र माओवादीबीच एकता वा सहकार्य भएर सरकारलाई निरन्तरता दिने सम्भावनाका विषयमा बाहिर विभिन्न अड्कलवाजी भइरहेका छन् ।

    दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकका निर्णय सुनाउने क्रममा नेता नारायणकाजी श्रेष्ठलाई पत्रकारले फेरि एकताको सम्भावनाबारे सोधेका थिए । श्रेष्ठले यसलाई इन्कार गरेनन् । प्रधानमन्त्री ओलीले राजीनामा दिएर पार्टी एकताको पहल गरे त्यो सम्भव भएको उनको भनाइ छ ।

    ‘ओलीले राजीनामा दिएर सिंगै पार्टी एकीकरणका लागि वातावरण बनाउने स्थितिमा हामी त्यसको निम्ति पनि तयार हुन्छौं,’ उनले भने, ‘तर, उहाँले राजीनामा दिएको पनि देखिन्न, पार्टी एकीकरणका निम्ति तत्परता देखाएको पनि देखिन्न ।’

    पत्रकारको अर्को प्रश्न थियो, ‘तपाईंहरूले अब सरकारको विराध पनि गरिरहने तर समर्थन पनि जारी राख्ने हो श्रेष्ठले एस वा नोमा उत्तर दिएनन् । उनले भने ‘समर्थन फिर्ता लिनको लागि हामीलाई अदालत वा कुनै ज्योतिषिले मिति दिएको छ र

    संसदलाई पूरा अवधि काम गर्न दिने कुरालाई एजेण्डा बनाउने बताए । यही संसदले सरकार दिनुपर्ने उनको भनाइ थियो ।

    वैठकबारे जानकारी गराउँदै श्रेष्ठले भने, ‘हिजोकै निर्णयअनुसार नेपाली कांग्रेस र जसपासँग भएको वार्ताबारे बैठकमा अध्यक्षले सुनाउनुभयो । आज पनि थप वार्ता गराउने जानकारी गराउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.