सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ


  •    न्युजभित्तो/२६ फाल्गुन २०७७, बुधबार ११:४८ 
  • काठमाडौँ, २६ फागुन । महाशिवरात्रिको तयारीस्वरुप आज बुधबार बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ ।

    महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो । सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको उपसमिति संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी आशा पाण्डेले राससलाई जानकारी दिनुभयो ।

    साधु सन्त एवं भक्तजनका लागि भण्डारा लगाएको स्थानमा बढी फोहर देखिएको पनि उहाँले बताउनुभयो । कोषले भण्डारा लगाउने जिम्मा पाएका सङ्घ संस्थाका पदाधिकारीलाई फोहर व्यवस्थापन गर्न निर्देशन दिएको छ । भण्डारा लगाउँदा आएको फोहर पशुपति क्षेत्रमा फालेमा कालोसूचीमा राखी अर्को पटकदेखि पशुपति क्षेत्रमा सेवा गर्ने अवसरबाट वञ्चित गरिने निर्देशन दिइएको छ । कोषले आज बेलुकी पशुपति क्षेत्रमा विशेष अनुगमन गर्ने जनाइएको छ ।

    सफाइमा नेपाली सेनाको काली दल गण, सशस्त्र प्रहरी बल, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, तिलगङ्गा महिला समूह, कोषका कर्मचारीलगायत विभिन्न सङ्घ संस्थाको सक्रियतामा सफाइ गरिएको उपसमितिका सचिव भावना पराजुलीले बताउनुभयो ।

    सो अवसरमा पशुपति क्षेत्रमा फोहर नगरौँ, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थललाई स्वच्छ राखौँ भनी जनचेतनामूलक अभियान पनि चलाइएको थियो । सफाइमा काली दल गणका प्रमुख सेनानी दिनेश बानियाँ नेतृत्वको समूह, कोषका निर्देशक भोलाप्रसाद सिटौलालगायत अधिकारीको पनि सक्रियता थियो । यसअघि गत शनिबार वाग्मती सफाइ महाअभियानले पनि महाशिवरात्रिका अवसरमा सूर्यघाटबाट आर्यघाटसम्मको नदी किनारमा सफाइ गरेको थियो ।

    महाअभियानले आगामी फागुन २९ गते शनिबार पनि ४०९औँ हप्ताको वागमती सफाइ पशुपति क्षेत्रमै गर्ने उद्घोष गरेको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले सुनाउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.