सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्माइल नेपालले मनायो आफ्नो तेस्रो वार्षिकोत्सव


  •    न्युजभित्तो/२४ फाल्गुन २०७७, सोमबार १०:३२ 
  • चितवन , २४ फागुन । समाज परिवर्तनका लागि युवा अभियान’ स्माइल नेपालले तेस्रो वार्षिकोत्सव मनाएको छ । भरतपुर महानगरपालिका ९ स्थित चितवन मानव सेवा आश्रममा स्माइल नेपालले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको हो ।

    वार्षिकोत्सवको अवसरमा स्माइल नेपालले आश्रममा आश्रित बेसाहारा, अनाथ तथा अशक्त व्यक्तिहरुलाई खाना खुवाएको हो। उनिहरुलाई खाना खुवाउनुका साथै खाद्यान्न पनि सहयोग गरिएको संस्थाका उपाध्यक्ष अमृत काफ्लेले जानकारी दिए ।

    आश्रममा आश्रित असाहय वृद्धवृद्धालाई भोजन गराई वार्षिकोत्सव मनाउन पाउदा खुशी लागेको काफ्ले बताए । आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेले मानव सेवाका लागि गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरिन् ।

    संस्थाले हरेक वर्ष यसरी नै सामाजिक कार्य गर्दै वार्षिकोत्सव मनाउदै आइरहेको छ । चितवनका युवाहरुको समूहले २०७४ सालमा स्थापना गरेको उक्त संस्थाले बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ । हरेक समाजमा रहेको समस्याहरुलाई केही हदसम्म कम गर्दै सामाजिक कार्यमा आफ्नो संस्थाले एउटा सफलता प्राप्त गरेको स्माइल नेपालका संस्थापक अध्यक्ष सन्तोष पन्तले बताउनु भयो।तेस्रो वार्षिकोत्सव पारी हिजो भरतपुरमा संस्थाको नाममा केक काटी संस्थाका सदस्यहरुद्वारा मनाएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.