सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आईपीएलको १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने


  •    न्युजभित्तो/२३ फाल्गुन २०७७, आईतवार २१:४१ 
  • चितवन,२३ फागुन ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने भएको छ ।

    भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार आईपीएलको मिति घोषणा गर्दै भारतका छ वटा सहरमा प्रतियोगिता हुने जानकारी दिएको छ । भारतमा दुई वर्षपछि आईपीएल हुन लागेको हो। बीसीसीआईका अनुसार खेल अहमदावाद, बैंगलोर, चेन्‍नई, दिल्ली, मुम्बई र कोलकातामा हुनेछ। चेन्‍नईमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरविरूद्ध प्रतिस्पर्धा गर्नेछ।

    विश्वकै सबैभन्दा ठूलो अहमदावादको नरेन्द्र मोदी क्रिकेट रंगशालामा प्रतियोगिताको ‘प्लेअफ’ खेल र जेठ १६ गते फाइनल हुनेछ। अहमदावादमा पहिलोपटक आईपीएलको खेल हुन लागेको हो।

    प्रतियोगितामा लिग चरणका खेलहरू चार वटा रंगशालामा हुने छन्। ५६ खेलमध्ये चेन्‍नई, मुम्बई, कोलकाता र बैंगलोरले समान १०–१० खेल आयोजना गर्ने छन्। अहमदावाद र दिल्लीले समान आठ–आठ खेल आयोजना गर्ने छन्।

    यस संस्करणमा सबै खेल तटस्थ मैदानमा हुने छन्। कुनै पनि टोलीले घरेलु मैदानमा खेल्न पाउने छैनन्। प्रत्येक टिमले लिग चरण छ वटा रंगशालामा खेल्ने छन्।

    कोभिड–१९ महामारीका कारण बीसीसीआईले गत वर्ष युनाइटेड अरब इमिरेट्स (युएई)मा खेलाएको थियो। कोभिड–१९ लाई सुरक्षा प्रोटोकल अपनाएर भारतमै आईपीएलमा एक टिमले प्रतियोगिता अवधिभर तीनपटक मात्र अर्को ठाउँको भ्रमण गर्नुपर्नेछ।

    यो संस्करणमा पनि आईपीएल दर्शकबिना खेलाइनेछ। तथापि, अवस्थामा सुधार आए अन्त्यतिर दर्शकलाई रंगशालामा प्रवेश दिइने बीसीसीआईले जानकारी दिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.