सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नायक पल शाह र चलचित्रकर्मी अरुण प्रधान बीचको विवाद मिल्यो,दुवैले मागे माफी


  •    न्युजभित्तो/१५ फाल्गुन २०७७, शनिबार ०७:३९ 
  • काठमाडौ, १५ फागुन । म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी मागेपछि विवाद सकिएको हो ।

    विवाद टुंगिएपछि मिडियाकर्मीसँग कुरा गर्दै पलले दुबै पक्षबाट भएका कमजोरी स्विकार गर्दै माफी मागेपछि विवाद सकिएको बताए । यस्तै, अरुणले पनि पल एक सुपरस्टार नायक भएको भन्दै दुबैले कमजोरी महशुश गरेपछि सहमती भएको बताए ।

    मिडियाकर्मिहरुसँग कुरा गर्दै पलले भने–‘अरुणजीले पनि एउटा सेलिब्रिटीमाथि आफूले व्यवहार गर्दा कमजोरी भएको स्विकार गर्नुभयो । यस्तै, मेरा सहयोगी कृष्णप्रसाद जोशीले पनि कमजोरी स्विकार गर्नुभयो । दुबैले कमजोरी स्विकार गरेपछि अब घटनालाई टुंगाएर अघि बढ्ने सहमती भयो ।’ विवाद मिलेपछि पल र अरुणले हात मिलाएका थिए ।

    धरानमा म्यूजिक भिडियो छायांकनका लागि पुगेका पलले एक रेष्टुरेन्टमा खाना खाने क्रममा आफूलाई दुव्र्यवहार गरेको र कुटपिट गर्न खोजेको आरोप लगाउँदै अरुणले इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.