सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन भण्डारी फाउण्डेशनले चलायो सुशासन र समृद्धिका लागि बहस


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार २०:२० 
  • सौराहा (चितवन), १० फागुन । मदन भण्डारी फाउण्डेशनले सुशासन र समृद्धिका विषयमा बहस चलाएको छ । फाउण्डेशनले आज सौराहामा “ सुशासन र समृद्धिका लागि सञ्चार” बिषयक अन्तरक्रिया कार्यक्रम आायोजना गरेको हो ।

    कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीका सिद्धान्त अनुसार राजनीति अगाडि बढेको बताउनुभयो । मदन भण्डारी फाउण्डेशन पार्टीकोभन्दा पनि स्वायत्त संस्था भएको बताउनुभयो । जननेता भण्डारीको नेपालको राजनीति क्षेत्रमा महत्त्वपूर्ण मार्गनिर्देशन रहेको उहाँको भनाई थियो ।

    फाउन्डेसनलाई सफल नेतृत्व प्रदान गरी जनता माझ लैजानुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकतामा जोड दिनुभयो । फाउण्डेशनको जगमा उभिएर धेरै कहाँ कहाँ पुगेको भन्दै उहाँले उनीहरु अहिले स्वार्थमा लागेको बताउनुभयो । उहाँले विभिन्न विकासका कामहरू फाउण्डेसनमार्फत गर्न सकिने पनि उहाँले बताउनुभयो । सूचना र प्रविधिको युग भएका कारण पनि सुशासन र समृद्धिमा सञ्चारको योगदान हुने उहाँको भनाई थियो ।

    फाउण्डेशनका केन्द्रीय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एबम फाउण्डेशका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एबम सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रामशरण प्याकुरेल र फाउन्डेसनका बागमती प्रदेश अध्यक्ष दीपक निरौलाले सहजीकरण गर्नुभएको थियो
    ।
    यसैबीच फाउण्डेशनको आयोजनामा भोलि फागुन ११ गतेदेखि ५ दिने पत्रकारिता तालिम चितवनको पर्सामा सुरु हुने भएको छ । तालिममा चितवन र मकवानपुरका गरी ३५ जना सहभागी हुने फाउन्डेसनका प्रदेश अध्यक्ष निरौलाले जानकारी दिनुभयो । यसअघि प्रदेशका अन्य ११ वटा जिल्लामा पत्रकारिता तालिम सम्पन्न भैसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.