सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेम मार्केट च्याम्पियनसिप माघ २७ गतेबाट


  •    न्युजभित्तो/२६ माघ २०७७, सोमबार १०:०१ 
  • चितवन, २६ माघ । चितवन क्रिकेट सङ्घको आयोजनामा १७ औँ संस्करणका रूपमा ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ हुने भएको छ । प्रतियोगिता यही माघ २७ देखि फागुन १ गतेसम्म चल्नेछ । सङ्घले आइतबार एक विज्ञप्ति जारी गर्दै एकदिवसीय विधा (५० ओभर) को प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

    प्रतियोगितामा जिल्लाभरका छ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन क्रिकेट क्लब, भरतपुर क्रिकेट क्लब, मुनस्टोन क्रिकेट क्लब मङ्गलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लब भरतपुर र गीतानगर क्रिकेट क्लब प्रतियोगितामा सहभागी हुनेछन् । छ टिमलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने आयोजकले जनाएको छ । ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ प्रतियोगिता धुर्मुस–सुन्तली फाण्डेशनको अगुवाइमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा हुनेछ ।

    प्रतियोगिताको विजेताले रु २० हजार र उपविजेताले रु १० हजार पुरस्कार पाउने सङ्घका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी आकाश थापा, गौतम केसी, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, अजित भण्डारी, सङ्घर्ष पौडेललगायतका खेलाडीले खेल्नेछन् । यस प्रतियोगिताले युवा खेलाडीको स्तरवृद्धिमा सहयोग पुर्याउने सङ्घले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक प्रेम सुपर मार्केट नारायणगढ रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.