सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुने


  •    न्युजभित्तो/२३ माघ २०७७, शुक्रबार १५:१९ 
  • चितवन,२३माघ । सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुन भएको छ । कोभिड–१९ का कारण यस वर्षको महोत्सव खुला चौरमा नभई सडकमा गरिँदै छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा कार्यक्रम हुँदैछ । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाको गैँडाचोकदेखि हात्ती चोकसम्म सडकमा महोत्सव गर्न लागिएको बताउनुभयो । यो १५ औँ महोत्सव हो । यसअघिका वर्षमा सिसुवार खेल मैदानमा सांस्कृतिक कार्यक्रमसहित महोत्सव हुने गर्दथ्यो । यस वर्ष भने दैनिक विभिन्न जातिका झाँकीसहित महोत्सव गरिँदै छ।

    खतिवडाले थारु, मगर, चेपाङ, कुमाल, तामाङलगायत जातजातिका झाँकीसँगै पञ्चेबाजा, खैचडी प्रस्तुतीकरणका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साँझ ५ बजेपछि दैनिक सात/आठ वटा जातिका झाँकी प्रदर्शनका लागि गृहकार्य गरिरहेका छौं ।” कोरोना कहरका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै भीडभाड कम गरेर सौराहा खुलेको छ भन्ने सन्देश प्रवाह गर्ने गरि महोत्सव गरिने उहाँको भनाइ छ ।

    महोत्सवमा नयाँ र स्वादिला खाना तयार गर्न अनुरोध गरिँदै छ । कोरोना सङ्क्रमण कम हुँदै गएपछि सौराहामा पर्यटकको चहलपहल बढेको छ । बिदाका दिनमा होटल आन्तरिक पर्यटकले आधाभन्दा बढी भरिने गरेका छन् भने अन्य दिनमा पनि पर्यटकको सङ्ख्या बढ्दो रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो ।

    आन्तरिकरुपमा बजारीकरणमा सौराहाका व्यवसायी जुटेका छन् । उनीहरुले गत महीना पूर्वी नेपालमा घुमौँ सौराहा अभियान लिएर पुगेका थिए । अभियानका संयोजक सुमन घिमिरेले फरक ढङ्गबाट नियमित प्रचारप्रसार गरेर सौराहाको व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन आफूहरु लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवले पनि सौराहाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।” चितवन नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु र विभिन्न जातिका संस्कृति हेर्न आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघलगायत जनावर आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्ने गर्दछन् । सन् २०२१ मा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्रने र सन २०२२ सँगै आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्यरुपमा बढ्ने व्यवसायीको अपेक्षा रहेको छ । निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा १२० होटल र १०० हाराहारी रेष्टुराँ रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.