सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाले खेलकूदमा असर


  •    न्युजभित्तो/१२ माघ २०७७, सोमबार १३:३९ 
  • बलेवा, १२ माघ । कोरोना महामारी नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण बागलुङमा खेलकूदका गतिविधिमा प्रभाव परेको छ । यहाँका स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने गरेका खेलकूदका गतिविधि हुन नसकेका हुन् । बागलुङ नगरपालिकाले आयोजना गर्ने ‘मेयर कप फुटबल’ प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष हुनुपर्नेमा कोरोना महामारीका कारण नहुने भएको छ ।

    नेपाल सरकारले खेलकूद प्रतियोगिता गर्न खुल्ला गरे पनि बागलुङ नगरपालिकाले कोरोनाको कारण नै प्रतियोगिता गर्न नसकिएको बताएको छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले प्रतियोगिता गर्न महामारी फैलिने त्रास कायमै रहेको बताउनुभयो । उहाँले नगरपालिकाले शहीद दिवसको अवसर पारेर आयोजना गर्ने प्रतियोगिताको मिति नजिकिए पनि यस वर्ष गर्न नसकिएको बताउनुभयो ।

    ‘कोरोना महामारीको जोखिम अझै छ,’ पौडेलले भन्नुभयो,“हरेक वर्षको शहीद दिवसको दिन प्रतियोगिता आयोजना गर्ने तालीका रहेको थियो, त्यसैले यस वर्ष प्रतियोगिता गर्न गाह्रो भयो ।” नगर प्रमुख पौडेलले प्रतियोगिता नहुनेमा मुख्य कारण कोरोना रहेको र अन्य कुनै समस्या नभएको बताउनुभयो । उहाँले नगरपालिकाले प्रतियोगितालाई गौरवको आयोजनाको रुपमा राखे पनि महामारीका बीच जोखिम उठाएर प्रतियोगिता गर्न नसकिएको बताउनुभयो ।

    नगरपालिकामा जनप्रतिनिधि आएपछि २०७४ सालमा गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेर शुरु भएको थियो । नगरपालिकाले २०७५ सालमा आन्तरिक कारण देखाउँदै प्रतियोगिता नगरे पनि २०७६ सालमा खुल्ला नगरपालिकास्तरीय प्रतियोगिता आयोजना गरेको थियो । नगरपालिकाले पहिलो संस्करणमा जिल्ला खेलकूद विकास समितिसँगको समन्वयमा र दोस्रो संस्करण जिल्ला फुटबल सङ्घको समन्वयमा गरेको थियो ।

    विसं २०७४ मा स्याङ्जाको वालिङ नगरपालिका र २०७६ सालमा आयोजक बागलुङ नगरपालिकाले उपाधि जितेका थिए । नगरपालिकाले गौरवको योजनामा राखेर मेयर कप फुटबल प्रतियोगिता गर्दै आएको थियो । नगरपालिकाले प्रतियोगिता गर्नको लागि चालू आर्थिक वर्ष २०७७÷७८ मा २० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । जिल्लाको काठेखोला गाउँपालिकाले पनि ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिताको दोस्रो संकरण सञ्चालन गर्न सकेन् ।

    कोरोना महामारीकै कारण यस वर्ष अध्यक्ष कप गर्न नसकिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो । युवाको सहभागिता र खेलकूदको विकास गर्ने भन्दै गाउँपालिकाले गत वर्षदेखि कला, साहित्य र खेलकूदका गतिविधि एकैसाथ गर्दै आएको थियो । वडामा हरेक वर्ष घुम्ती खेलकूद प्रतियोगिता आयोजना गरेर आन्तरिक पर्यटन प्रबद्र्धनको लक्षसमेत काठेखोलासँग थियो । माघे सङ्क्रान्ति मेलाका अवसरमा आयोजना हुने जिल्लाको जैमिनी नगरपालिका ‘मेयर कप’ भलिबल प्रतियोगिता यो वर्ष हुन सकेन ।

    राष्ट्रियस्तरमा आयोजना हुने प्रतियोगिता यस वर्ष कोरोना महामारीकै कारण हुन नसकेको जैमिनी नगरपालिकाको शिक्षा तथा खेलकूद शाखाले जनाएको छ । नगरपालिकाको सदरमुकाम कुश्मीसेरा बजारमा हरेक वर्ष लाग्ने माघे सङ्क्रान्ति मेला यस वर्ष नभएका कारण मेयर कप रोकिएको हो । जिल्ला सदरमुकाममा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले हरेक वर्ष आयोजना गर्ने अन्तर विद्यालय फुटबल प्रतियोगितासमेत कोरोना महामारीका कारण अनिश्चित भएको छ । बागलुङमा अन्य आर्थिक तथा सामाजिक गतिविधि सञ्चालन भएका भए पनि खेलकूदका गतिविधिले भने अझै गति लिन सकेका छैनन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस्: नेपाल रेडक्रस सोसाइटी
    गणित शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम
    अनुमति बिना स्टिकरको प्रयोग निषेध
    • रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    • बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    • राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.