चितवन, ७ माघ । बाजुरामा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न जाडोको मौसमलाई मध्यनजर गर्दै , ब्लड डोनर्स कम्युनिटी र द टिम माउन्ट एभरेस्ट तथा विभिन्न संघसंस्थाहरु र राष्ट्रिय सक्रिय युवाहरुको संयुक्त सहयोगमा न्यानो कपडा तथा औषधि बितरण कार्यक्रम सम्पन्न भएको छ । बिकट मानिएको बाजुरा जिल्लाको बुढिनन्द नगरपालिका ,स्वामीकार्तिक खापर गाउपालिकाका गरिब परिवारलाई न्यानो कपडा बितरण गरिएको हो।
कार्यक्रममा संस्थाका सक्रिय सदस्य अन्जन दवाडीले कार्यक्रमाई सम्बोधन गर्दै बिकट बस्तीहरु मा विभिन्न संघसंस्थाहरुले विभिन्न तवरबाट सहयोग पुर्याउनु पर्ने तथा कोहि चिसोको कारणबाट ज्यान गुमाउन नदिन सरकारि तवरबाटनै उचित कदम चाल्नुपर्ने बारे प्रस्ट पार्नु भएको थियो। स्वास्थ्य मेडिकल सामाग्रीमा रक्षा फार्मेसीको सहयोग रहेको थियो । उक्त कार्यक्रम महिलाहरुको लागि सेनेटरी प्याड समेत वितरण गरिएको थियो।दुई बस्तिको एक हजार भन्दा बढी परिवारलाई ५हजार थान कपडा वितरण गरिएको हो।