नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि
न्युजभित्तो/५ माघ २०७७, सोमबार १४:३०
काठमाडौं, ५ माघ। नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना पुष्टि भएको पाइएको हो ।
पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भएरनभएको खुलेको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ । २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो ।