सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न


  •    न्युजभित्तो/२७ पुष २०७७, सोमबार १०:४५ 
  • काठमाडौँ, २७ पुस । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अनुदान सहयोगमा सो सडक पुनर्निर्माणको काम गरेको थियो ।

    झण्डै एक दशक पहिले जाइकाको आर्थिक सहयोगमा सो सडकको निर्माण भएको थियो । विसं २०७२ को भूकम्पमा पाँच ठाउँमा ठूलो पहिरो गएर सडक पूरै भत्किएको थियो । सडक निर्माण सकेर यही महिनामा हस्तान्तरण गर्न लागेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो ।

    उहाँका अनुसार यी स्थानमा पहिरोको नियन्त्रण गरी सडक पुनःस्थापनाको काम भएको छ । जाइकाले रु एक अर्बभन्दा बढीको अनुदान सहयोगमा निर्माणको काम गरेको थियो । उहाँले भन्नुभयो, “अझैसम्म कोभिड पूरै नहटेको भए पनि काम भइरहेको छ ।” धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले अरु विभिन्न खण्डमा मर्मतको काम गरिरहँदा जाइकाको अनुदानमा सडक पहिरोका कारण क्षतिग्रस्त भएका स्थानमा पुनःस्थापना भइरहेको हो ।

    विश्वव्यापी फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पूरै नहटेकाले अरु दातृ निकायको सहयोगमा निर्माणाधीन सडक निर्माण अघि बढ्न नसके पनि जाइकाको सहयोगमा निर्माण भएका आयोजना अघि बढेको विभागले जनाएको छ । यो सडकसँगै जाइकाले नागढुङ्गा–सिस्नेखोला पनि अघि बढाइरहेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको सडक ठप्प छ भने भारत सरकारको सहयोगमा निर्माण भएका निर्माण अघि बढे पनि सुस्त गतिमा काम भएको विभागले जनाएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.