सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टोयोटाको सर्भिस सेन्टर अब भरतपुरमा पनि


  •    न्युजभित्तो/२६ पुष २०७७, आईतवार १५:३७ 
  • चितवन, २६ पुस । टोयोटा गाडीको आधिकारिक सर्भिस सेन्टर जेन्यून अटो वल्र्ड प्रालि भरतपुरले भरतपुरमा शाखा सञ्चालनमा ल्याएको छ ।

    भरतपुर– १० स्थित बालमन्दिर रोडमा रहेको सर्भिस सेन्टरको आज आइतबार युनाइटेड टे«डर्स सिण्डिकेट प्रालिका जेनरल म्यानेजर महेश कुमार एमले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बाल्दै उनले सर्भिस सेन्टरबाट प्रभावकारी सेवा प्रदान गर्न प्राविधिकहरुलाई आग्रह गरेका छन् ।

    सर्भिस सेन्टरका अध्यक्ष प्रदिप सापकोटाले एउटै छानामुनी क्याफेसहित गाडीको मर्मत केन्द्र (सर्भिस सेन्टर) खोलिएको जनाए । यस अघि नारायणगढमा रहेको सर्भिस सेन्टरको यो भरतपुर शाखा हो । यहाँ अत्याधुनिक सेवासहितको सर्भिस सेन्टर भएको उनको भनाइ छ । सर्भिस सेन्टरमा टोयोटा गाडीको मर्मत, डेण्टपेन्ट, सेरामिक कोटिङ्ग, वासिङ्गलगायतका सेवा उपलब्ध गराइने उनले बताए । कोभिड–१९ को सुरक्षाका लागि गाडीमा स्यानीटाइजिङ्ग गर्ने मेसिन पनि रहेको छ ।

    उक्त स्यानिटाइजिङ्ग मेसिन नेपालकै दोस्रो तथा उपत्यका बाहिरकै पहिलो भएको सापकोटाले बताए । उक्त मेसिन काठमाडौंमा टोयोटाले नै भित्र्याएको छ । सर्भिस सेन्टरमा सफ्टओयरमार्फत गाडीको मर्मत गरिने भएकाले देशभर जुनसुकै सर्भिस सेन्टरमा गएर गाडी बनाउनु परेमा उक्त सफ्टओयरमार्फत विगतमा गाडी मर्मत सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध हुने उनले जनाए ।

    उद्घाटन भएको चार दिनसम्म सर्भिस सेन्टरमा ५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको सर्भिस सेन्टरका प्रमुख इन्द्र रेग्मीले बताए । यस्तै वार्षिक सदस्यता कार्ड पनि वितरण भइरहेको उनले जनाए । सर्भिस सेन्टरमा दुई जना अटो मेकालिनकल इन्जिनियरसहित पाँच जना मेकानिक रहेका छन् । दैनिक ६ वटा टोयोटा गाडी सर्भिस गर्न सकिने बताउँदै उनले एकै पटकमा ४ वटा गाडी मर्मत गर्न सकिने जनाए

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.