सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम अझै रोकिएन


  •    न्युजभित्तो/२६ पुष २०७७, आईतवार १५:०२ 
  • लमजुङ, २६ पुस । जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७-७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् ।

    जिल्ला प्रहरी कार्यालयको अनुसार हराएका ती मध्ये ३५ महिला, नौ बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले हराएकामध्ये १८ महिला, पाँच बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् ।

    त्यस्तै १७ महिला, चार बालिका अझै फेला नपरेको प्रहरीले जनाएको छ । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको उहाँको भनाइ छ । त्यस्तै गत आवमा ८६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ती मध्ये ६४ महिला, १६ बालिका, तीन-तीन बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ । त्यस्तै हराएकामध्ये ४२ महिला, १४ बालिका, ३ नै बालक र दुई ज्येष्ठ नागरिक फेला परेका छन् । अझै २२ महिला, दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ ।

    आर्थिक वर्ष २०७५-७६ मा १०४ महिला तथा बालबालिका हराएका थिए । ती मध्ये ७२ महिला, ६ बालक, २६ बालिका रहेका छन् । तीमध्ये ५४ महिला, चार बालक र २२ बालिका फेला परेका छन् । अठार महिला, दुई बालक र चार बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४-७५ मा ८० महिला तथा बालबालिका हराएको प्रहरीको तथ्याङ्कमा रहेको छ । तीमध्ये ५० महिला, १२ बालक र १८ बालिका रहेका छन् । त्यस्तै, २३ महिला, ६ बालक र ६ बालिका फेला परेका थिए भने २७ महिला, ६ बालक र १२ बालिका भने भेटिएको छैन ।

    त्यस्तै आर्थिक वर्ष २०७३-७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । सो अवधिमा २३ महिला १२ बालक र १८ बालिका रहेका छन् । ती मध्ये २२ महिला, १२ नै बालक र ६ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा रहेको छ । महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको सङ्गत, घर झगडा, प्रेममा धोकालगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ ।

    प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्र्पकमा आएको देखिन्छ । प्रहरीले वर्षेनी ६ देखि १७ जना मात्रै फेला पारेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७३-७४ देखि सबै भन्दा बढी गत आवमा १७ महिला तथा बालबालिका प्रहरीले फेला पारेका थिए ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.