सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीयवासीले बनाए आकर्षक पुष्पबाटिका


  •    न्युजभित्तो/२६ पुष २०७७, आईतवार ११:४९ 
  • चितवन, २६ पुस । भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीयवासीले आकर्षक पुष्पबाटिका बनाएका छन् । फोहर फाल्न प्रयोग गरिएको ठाउँलाई सफाइ गरेर रामनगरवासीले पुष्पबाटिका बनाएका हुन् ।

    स्थानीयवासीकै श्रमदान र लगानीमा पुष्पबाटिका निर्माण गरिएको हो । बाटिकाका प्रमुख संरक्षक एवं रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष तारानाथ कुँवरले लकडाउन र निषेधाज्ञाको फुर्सदको समयमा स्थानीयले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा बाटिका निर्माण गरेको बताउनुभयो । नारायणगढ–मुग्लिन सडकखण्डसँगै जोडिएको पुष्पबाटिका सडकबाटै देख्न सकिन्छ ।

    स्थानीय होटलसहित अन्य घरपरिवारले फोहर फाल्ने गरेको उक्त स्थानलाई सफा गरेर पुष्पबाटिका बनाइएको कुँवरले बताउनुभयो । त्यहाँ विगत ३० वर्षदेखि फोहर फालिँदै आएको थियो । झाडीले घेरिएको उक्त स्थान कुरुप देखिन्थ्यो । सतनचुली सामुदायिक वनको संरक्षित वन र भरतपुर महानगरको जग्गामा उक्त बाटिका निर्माण गरिएको हो । कूल दुई बिघा १० कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको बाटिकामा १० कठ्ठा जग्गा भरतपुर महानगरको छ । महानगरको जग्गामा कङ्क्रिटबाट भौतिक निर्माण गरिएको छ भने वनको जग्गामा फूल रोपिएको छ ।

    बाटिकामा मौषमी फूल लगाइएका छन् । पाम, हेज, बगलबेल्डिम, पाइनलगायतका फूलका बिरुवा रोपिएका छन् । बाटिकामा चाइनिज दुबो रोपिएको छ । दुबो फैलिएसँगै र फूल फूल्न थालेपछि बाटिका आकर्षक देखिने उहाँले जानकानरी दिनुभयो । यस्तै बाटिकामा बौद्ध मन्दिर, पानीको फोहोरा फाल्ने पोखरी, मितेरी पुल, बालबालिका खेल्ने पिङलगायत भौतिक संरचना निर्माण गरिएका छन् ।

    आगामी दिनमा अपाङ्गमैत्री शौचालय, स्तनपान कक्ष, योगा गर्ने ठाउँ, जिम हललगायत संरचना निर्माण गरिने योजना रहेको बाटिका निर्माण समितिका अध्यक्ष डिलकुमारी लामिछानेले जानकारी दिनुभयो । गत असार २३ गतेबाट निर्माण शुरु गरिएको बाटिका सर्वसाधारणका लागि माघ १ गते सञ्चालनमा ल्याइने जनाइएको छ । बाटिका निर्माणमा हालसम्म रु १६ लाख ५० हजार खर्च भएको निर्माण समितिका कोषाध्यक्ष दुर्गा पन्तले जानकारी दिनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.