सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१०२ किलो गाजा र भरुवा बन्दुकसहित तस्कर पक्राउ


  •    न्युजभित्तो/२६ पुष २०७७, आईतवार ११:४१ 
  • वीरगञ्ज, २६ पुस । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । बाराको निजगढ नगरपालिका- १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो ।

    ८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै गोली फायर गरेको थियो । प्रतिकारमा प्रहरी टोलीले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    शनिबार राति पौने १० बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट रतनपुरको टोलीसमेत गस्तीमा खटिएको थियो ।

    त्यसक्रममा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरेको छ ।

    तामाङको साथबाट १ थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ५ वटा सेतो बोराभित्र लुकाइ राखेको १०२ किलो अवैध लागुऔषध गाँजा पनि बरामद भएको डीएसपी मिश्रले जानकारी दिए ।

    तामाङविरुद्ध हातहतियार खरखजाना र लागुऔषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान सुरु गरिएको छ । फरार अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.