सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छुटाछुटै मोटरसाइकल दुर्घटनामा दुइको मृत्यु


  •    न्युजभित्तो/२६ पुष २०७७, आईतवार १०:०६ 
  • दमक, २६ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको थियो । झिलझिले निवासी उहाँ लाइभकियर फर्मास्युटिकलका प्रबन्धक हुनुहुन्थ्यो ।

    शिवसताक्षी–१ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा उहाँ सवार मोटरसाइकल दुर्घटना भएको हो । मे३प ९८९६ नंको मोटरसाइकलमा सवार ढकाल आफै अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । यसैगरी शनिबार साँझ जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा मे१च ५३९६ नंको पिकअप भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको मे२प ६९८४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा भारतीय युवकको मृत्यु जलेश्वर–

    त्यस्तै महोत्तरीको मनरासिस्वा नगरपालिकामा शनिबार साँझ मोटरसाइकल दुर्घनामा परेर एक भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको बारा पञ्चायतका २२ वर्षीय रवीन्द्र पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

    गाउँकै साथी सरोज पासवानसँग अनटेस्ट मोटरसाइकल मनरासिस्वा नपा–१ स्थित सडकमा तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा पछाडि बसेका रवीन्द्र गम्भीर घाइते भएर उपचारका लागि जलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक भारतीय युवक रवीन्द्रको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ भने चालक सरोज र दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस )

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.