सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैठक चलिरहेको बेला, राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुद्वारा प्रदर्शन


  •    न्युजभित्तो/२३ पुष २०७७, बिहीबार १५:२८ 
  • वासिङटन, २३ पुस । बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए ।

    प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो । प्रहरीले गोली चलायो । गोली लागेर घाइते भएकी एक महिलाको निधन भयो । थप तीन जनाको मृत्यु भएको वासिङटनका मेयरले जानकारी दिएका छन् ।

    पछिल्लो अवस्था

    क्यापिटोल हिल (अमेरिकी संसद) मा हिंसात्मक प्रदर्शन भएसँगै बिहीबार बिहानसम्मका लागि कफ्र्यू घोषणा गरिएको छ । वासिङटन डीसीमा १५ दिनका लागि आपतकाल घोषणा गरिएको छ ।

    वासिङटन डीसीका मेयर म्युरियल बाउसरले धेरै मानिसहरु हतियारसहित हिंसामा उत्रिएको र उनीहरुले तोडफोठका साथै इँटा, बोतल, बन्दुकको प्रयोग गरेको बताएका छन् । हिंसात्मक गतिविधि अझै जारी रहेको भन्दै उनले वासिङटन डीसीमा १५ दिन सार्वजनिक आपतकाल घोषणा गर्नुपरेको बताएका छन् ।

    आपतकाल जनवरी २१ अर्थात राष्ट्रपति जो बाइडनको शपथग्रहणको भोलिपल्टसम्म जारी रहनेछ ।

    क्यापिटोल बिल्डिङको चारैतर्फका सडकमा सुरक्षाव्यवस्था कडा पारिएको छ । वासिङटन प्रहरी प्रमुखले दिएको जानकारीअनुसार बुधबार राति साढे नौ बजेसम्म ५२ जनालाई गिरफ्तार गरिएको छ, जसमध्ये ४७ जनालाई कफ्र्यू उल्लंघन तथा गैरकानुनीरुपमा प्रवेश गर्न खोजेको आरोप लगाइएको छ ।

    बुधबार किन भयो प्रदर्शन ?

    नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको औपचारिक नतिजा घोषणा गर्न बुधबार कंग्रेसको बैठक बोलाइएको थियो । नयाँ राष्ट्रपति छान्ने यो अन्तिम औपचारिक प्रक्रिया हो ।

    बैठकमा नोभेम्बरमा भएको निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारहरुले पाएको इलेक्टोरल कलेज भोटको गणना गर्ने र त्यसलाई अनुमोदन गर्ने काम हुन्छ । गत नोभेम्बरमा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडनले ३०६ इलेक्टोरल कलेज भोट पाएका छन् भने डोनाल्ड ट्रम्पको पक्षमा २३२ इलेक्टोरल भोट परेको छ ।

    तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । यद्यपि उनले अहिलेसम्म कुनै प्रमाण पेश गर्न सकेका छैनन् । यस्तोमा बुधबार बाइडनको जित रोक्न ट्रम्पका समर्थकहरुले अन्तिम प्रयास स्वरुप क्यापिटोल हिलमा उक्त प्रदर्शन गरेका हुन् ।

    ट्रम्पलाई कस–कसको साथ ?

    अमेरिकी वर्तमान राष्ट्रपति ट्रम्पलाई आफ्नै पार्टी रिपब्लिकनका सीमित मानिसले मात्र साथ दिएका छन् । टेक्सासका सिनेटर ट्ड क्रुजको नेतृत्वमा रहेको ११ सिनेटर्सको टोलीले ट्रम्पको दाबीलाई समर्थन गर्दै निर्वाचनमा भएको धाँधलीको विषयमा अनुसन्धान गरिनुपर्ने माग राखेका थिए । उनीहरुले बुधबारको प्रक्रिया १० दिन पर सारेर निर्वाचनबारे अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।

    तर धेरै नेताहरुले निर्वाचन परिणाम स्वीकार गर्न ट्रम्पलाई आग्रह गर्दै आएका छन् । यसअघि ट्रम्पको पक्षमा देखिँदै आएका उपराष्ट्रपति माइक पेन्सले पनि बुधबारको घटनाको खुलेर विरोध गरेका छन् । शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार भएपनि क्यापिटोल हलमाथि गरिएको आक्रमण सह्य नहुने उनले बताए ।

    बाइडनलाई रोक्ने यसअघिका प्रयास

    नोभेम्बरमा भएको निर्वाचनभन्दा अघि नै ट्रम्पले उक्त निर्वाचनमा धाँधली हुने आशंका व्यक्त गर्दै आएका थिए । विशेषगरी कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै चिठीबाट पनि भोट गर्न सकिने व्यवस्था गरिएसँगै निर्वाचनबारे विवाद देखिएको थियो । ट्रम्प मतदान केन्द्रमा नै गएर मतदान गर्न मतदातालाई आग्रह गरिरहेका थिए भने बाइडन चिठीबाट मतदान गरी भिडभाडमा नजान मतदातालाई प्रेरित गरिरहेका थिए ।

    निर्वाचन सकिएपछि सुरुआती गणनामा डेमोक्रेटिक पार्टीका जो बाइडन अगाडि देखिए । अग्रताको हिसाबमा भने ट्रम्प पुनः राष्ट्रपति बन्ने सम्भावना देखिएको थियो । तर मतदान केन्द्रमा खसेको मत सकिएर चिठीबाट पठाइएका मत गन्न थालेपछि भने राष्ट्रपतिको चुनाव जित्न महत्वपूर्ण मानिएका पेन्सिल्भानिया, मिसिगनजस्ता राज्यहरुको नतिजा उल्टियो र बाइडनले विजयी भए ।

    महत्वपूर्ण राज्यमा आफ्नो जित भएको दाबी गर्दै ट्रम्ले अदालत जानेदेखि पुनः मतगणना गराउनेसम्मको प्रयास गरे । तर नतिजा उल्टिएन । ट्रम्पले बाइडन राष्ट्रपति बन्नुपूर्वको प्रक्रिया ट्रान्जिसन टोलीलाई पनि काम गर्न दिन आनाकानी गरेका थिए । तर, अन्त्यमा उनी ट्रान्जिसन टोलीलाई काम गर्न दिन बाध्य भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.