चितवन,२२ पुस । पुस २२ अर्थात म लगायत हाम्रो परिबार को खुशी लुटियको दिन यो दिन न सम्झन सक्छु न बिर्सन नै , माओ को खोल भिरेर हत्याहिंसा लाई राजनीति भन्ने हरु को जत्था को निशाना परि २०५८-०९-२२ गते का दिन मेरो पुजनिय बुबा स्ब भैरब राज बिस्ट को देहावसान भयको थियो । भिन्न राजनीतिक आस्था राखेको आधारमा ब्यक्ती हत्या गर्ने हरु लाई राजनीति भन्ने जमात भेट्छु अनि लाग्छ देश मा सब वादि भय मानबता बादी भयनन र भेटियनन । यहाँ हत्याहिंसा लाई आफू अनुकुल मात्र व्याख्या गरेको देखियो ।
आफू अनुकुल परे तालमेल या यकिकरण गर्ने अनुकुल नपरे हत्यारा देख्ने प्रवृत्ति ले माओवादी को खोल भिरेर घटाईयका हजारौ अपराध का अपराधि हरुले खेल्ने अबशर प्राप्त गरिरहेका छ्न । जब सम्म ती अपराधी हरु को राज चल्छ तब सम्म देश स्थिरता तिर जाला भन्ने मलाई लाग्दैन किनकी देश स्थिरता तिर गयो भने नियम कानुन ले चल्यो भने आफ्नो पुर्ब अपराध बाट छुट्कारा मिल्दैन भन्ने उनी हरु लाई प्रस्ठ थाह छ सोही कारण नै उनी हरु कहिले तालमेल को नाममा त कहिले यकिकरण को नाममा पाटी हरु लाई अस्थिर बनाउने , कमजोर बनाउने खेल खेल्दै गर्छ्न ।
बिशेषत मेरो बुबा नेपाली काङ्ग्रेस मा लागेर राजनीति गर्ने र काङ्ग्रेस को आस्था छोड्न नमान्दा नै मारिनु भयको थियो तर उक्त दल आफ्ना नेता कार्यक्रता लाई न्याय प्रदान गर्न कहिलै लागेन ,सिर्फ कुर्ची स्बार्थ को राजनीति मा मात्र रुमलिरहेको मात्र देखियो र सोही पाय । आफ्ना नेता तथा कार्यक्रता लाई न्याय को लागि पहल गरिदिने काम नेपाली काङ्ग्रेस पाटिको थियो उक्त पाटी समग्र पिडित को अभिभावक बन्न सक्नु पर्थ्यो सो अभिभावक बन्न सकेन ? सिर्फ निर्बाचन को बेला दोसल्ला ओढाउने र सम्मान गर्ने भन्दा न्याय दिलाउन कुनै प्रयत्न नै गरेन , त्यसैले उक्त पाटी प्रती नै म जस्तै हजारौ पिडित जन हरु जो काङ्ग्रेस पाटिमा लागेर धेरै गुमायौ उक्त पाटीले नैरस्यता पैदा गरिदियो ।लोकतान्त्रिक दल ले बिचार मिल्ने निस्ठा मिल्ने सङ सहकार्य गर्ने हो ,बिचार नमिल्ने आस्था नमिल्ने सङ सहकार्य गरेपछी कसरी मझबुध काङ्ग्रेस बनोस् र टिकाउ होस् त ? हार नै होस तर निस्ठा को हार प्यारो ठान्न पर्ने थियो तर नेतृत्व ले सो कहिले नै ठानेन ?
आफू लाई अनुकुल पर्दा सर्बोच्च अदालत ,देखि नियम कानुन का कुरा गर्ने प्रचण्ड आफू अनुकुल नहुदा अदालत र अन्तर्राष्ट्रिय नियम कानुन का कुरा गर्ने हिक्मत राख्छ्न त ? भिन्न राजनीति आस्था राखेको आधारमा ब्यक्ती हत्या गर्न पाइन्छ भनेर नेपाल को कुन संविधान को धारा उपधारा या अन्तर्राष्ट्रिय नियम कानुन मा उल्लेख गरियको छ त कमरेड भन्न सकिन्छ त ? होइन भने पीडा सबैको यकै होइन र ,कालगती ले बितेका तपाईं का छोराछोरी को तपाई लाई जति याद आउँछ ,तपाईं का नाति ले जसरि बाबू खोज्छ्न ,छोरा को अस्बभाबिक मृत्युु ले तपाईं कि श्रीमती बेहोस छिन भने ,तपाईं का हजारौ अपराध ले कति लाई टुहुरा बनायौ ,कति लाई बेसहारा ,अनाथ , बिधबा र अपाङ्ग बनायौ कहिले याद आयो त? आफू लाई परे पीडा अन्य लाई परे युद्ध नि हुन्छ र ? आफ्ना नाति ले बाबू खोज्दा, बुहारी ले श्रीमान खोज्दा ,श्रीमति ले छोरा खोज्दा , आफुले गरेका हजारौ अपराध बाट मारियका परिबार जन ले पनि यसरी नै खोज्दा हुन लाग्नु पर्ने होइन ? के युद्द मा भिन्न राजनीतिक आस्था को आधारमा ब्यक्ती हत्या गर्न पाईन्छ ? तपाईं का छोराछोरी को मृत्यु मा बगेको आँसु जस्तै अरुको परिबार मा बग्दै गर्दा तपाईं युद्द को नाममा बिजय उत्सब मनाउदा आत्मग्लानी हुदैन कमरेड ?
तपाईं ले ब्यक्ती हत्या गर्दा भिरेको खोल कहाँ पुगे ,आज किन छिन्न भिन्न भय ,आखिर देस मा परिबर्तन के भयो ,तपाईं का परिबार र आसेपासे का जिबनस्थर भन्दा अन्य के मा परिबर्तन भयो कमरेड , ब्यक्ती हत्या लाई राजनीति भन्ने हो भने फेरि अर्को समूह निस्केला आठ दस बर्स जङल बस्ला आठ दस हजार मान्छे मार्ला अनि नेपाल को महान नेता बन्ला अनि यो क्रम कहिले रोकियला कमरेड ?
नेपाल को कानुन ले अपराधी लाई कार्बाही होला र पिडित ले न्याय पाउलान् भन्ने आस त छैन नि तै नि हिन्दु धर्म मा अगाध आस्था र स्नेह राख्ने ब्यक्ती भयकोले हाम्रो खुशी लुट्ने लाई शान्ती मिल्दैन र हाम्रो खुशि लुटेर मिलेको हासो टिकाउ हुन्न भन्नेमा म ढुक्क छु ।
स्ब बुबा भेरब राज बिष्ट लगायत माओ को खोल भिरेका जत्था को निशाना मा परि मारिनु भयका समस्त बुबा आमा दिदी बैनी दाजुभाइ हरुमा हार्दिक श्रद्धाञ्जली साथै घाईते तथा अपांग समग्र आत्मिय जन हरुको शिघ्र स्बास्थ लाभको कामना ।।
बिजय राज बिष्ट भरतपुर