सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारत र चीन बिचमा तनाव बढेसँगै आर्थिक लगानी बढाउँदै


  •    न्युजभित्तो/२ पुष २०७७, बिहीबार ११:०० 
  • काठमाडौं, २ पुस । जुन महिनाबाट दुई मुलुकको बिचमा तनाव बढेसँगै भारत र चीनले छिमेकी मुलुकहरुमा आर्थिक लगानी बढाउँदै लगेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

    चिनियाँ लगानीको बारेमा अध्ययन गर्ने संस्था अमेरिकन इन्टरप्राइज इन्ष्टिच्युटका अनुसार सन् २०२० मा मात्रै चीनले छिमेकी मुलुकहरुमा ४ विलियन अमेरिकी डलर लगानी गरेको छ ।

    १.९३ विलियन अमेरिकी डलर पाकिस्तानमा, १.२५ विलियन बंगलादेशमा, ४५० मिलियन श्रीलंकामा र २८० मिलियन श्रीलंकामा लगानी भएको छ । छिमेकमा भएको कुल लगानीमध्ये झण्डै पचास प्रतिशत पाकिस्तानमा भएको छ ।

    भारत र पाकिस्तानको विचमा कुनै तनावपूर्ण सम्बन्ध रहेको छ भने चीन र पाकिस्तानको विचमा एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यी मुलुकहरुमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत लगानी भएको छ ।

    विश्लेषकहरुले चीनको लगानी पारदर्शी नभएका कारण अझै बढी लगानी भएको हुनसक्ने बताएका छन् । तर नेपालमा यो विचमा चीनले कति सहयोग ग¥यो भन्ने सम्बन्धमा भने सो अध्ययनमा केही पनि उल्लेख गरिएको छैन ।

    उता भारतले पनि चीनसँगको द्वन्द्व बढ्दै गएपछि आफ्ना छिमेकी मुलुकहरुमा कनेक्टिभिटी परियोजनाहरुमा लगानी बढाउँदै लगेको छ । एकातिर उसले कनेक्टिभिटी परियोजनामा अरबौ लगानी गरिरहेको छ भने अर्कोतिर कोभिड सम्बन्धी सहयोग पनि बढाएको छ ।

    भारतले श्रीलंकलाई मुद्रा विनियम सुविधाको लागि ४०० मिलियन अमेरिकी डलरको सहयोग गरेको छ भने माल्दीभ्सलाई पनि त्यही सहयोग गरेको छ ।

    त्यसैगरी भारतले माल्दिभ्सलाई बजेटरी सपोर्ट समेत गरेको थियो । त्यसैगरी भारतले ग्रेटर माले कनेक्टिभिटी परियोजनाको लागि समेत सहयोग गरेको थियो । त्यसैगरी बंगलादेशलाई रेल र अन्य परियोजनाहरुको लागि समेत सहयोग गरेको छ ।

    चीनको बीआरआईलाई काउन्टर गर्न भारतले पछिल्लो समयमा छिमेकी मुलुकहरुमा कनेक्टिभिटी परियोजनामा लगानी बढाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.