सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश


  •    न्युजभित्तो/२३ मंसिर २०७७, मंगलवार १३:२३ 
  • वासिङ्टन, २३ मंसिर । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् ।

    चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

    तर संघीय न्यायाधीशले ट्रम्प प्रशासनका तर्फबाट वाणिज्य मन्त्रालयले प्रस्तुत गरेका तर्कहरु पर्याप्त नभएको आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने क्रममा आफ्नो अधिकार क्षेत्र नाघेको र एकपक्षीय एवं स्वेच्छाचारी निर्णय गरेको न्यायाधीशको आदेशमा उल्लेख छ ।

    ट्रम्प प्रशासनले बाइटडान्सलाई अमेरिकामा टिकटक हेर्नका लागि अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिनु भएको थियो । तर हालसम्म अमेरिकी कम्पनीहरुसँग संझौताका लागि वार्ताहरु भए पनि निर्णय भइसकेको छैन । (रासस/एएनआई)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.