सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन समाज भिक्टोरिया अष्ट्रेलियाको नयाँ कार्यसमिति, अध्यक्षमा अनुपम


  •    न्युजभित्तो/२२ मंसिर २०७७, सोमबार २०:३८ 
  • मेलबर्न, अष्ट्रेलिया । चितवन समाज भिक्टोरिया, अष्ट्रेलियाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनुपम पाठकको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    नेपालको चितवन जिल्ला घर भई अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्नेहरुको संस्था चितवन समाजको अधिवेशनले सर्वसम्मत समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विपुल ज्ञवाली, सचिवमा गोविन्द पाठक, कोषाध्यक्षमा राजेन्द्र उप्रेती, सहसचिवमा कमल लामिछाने र सहकोषाध्यक्षमा सोभित प्रधान चयन हुनु भएको छ ।

    कार्यसमिति सदस्यहरुमा सुमन अधिकारी, बबिन मिश्र, प्रकाश आचार्य, एसके गौतम, सैवाल न्यौपाने, दिक्षा रिजाल, हरि सापकोटा, शिशिर बस्ताकोटी, फणिन्द्र अधिकारी, कृष्णहरि पौडेल र कस्तुरी शर्मा रहनु भएको छ । भिक्टोरियाको नेपाली समुदायका अगुवा सोम गुरुङ र सुरेश पोखरेल सम्मिलित निर्वाचन समिति बनाइएको थियो ।

    कार्यक्रमका उद्घाटन सत्रमा अध्यक्ष आत्माराम रिजालले आफ्नो कार्यसमितमा रही कार्य गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो भने सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो । कार्यक्रममा उपस्थित एनआरएन अष्ट्रेलियाका अध्यक्ष एवं चितवन समाजका सल्लाहकार केशव कँडेल, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष राम गुरुङ, एनआरएन भिक्टोरियाका संयोजक प्रेमप्रसाद कँडेल, सुरेश पोखरेल, सोम गुरुङलगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । चितवन समाज भिक्टोरियाले आफ्ना सदस्य र नेपाली समूदायलाई जोड्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ भने नेपालमा विभिन्न परोपकारी कार्यहरु गरिरहेको छ ।

    यसअघि नै सम्पन्न हुनुपर्ने साधारणसभा कोरोना भाईरस (कोभिड १९) संक्रमणका कारणले शनिबार मात्रै सम्पन्न भएको हो। भिक्टोरियामा कोरोना संक्रमण ३६ दिनदेखि शुन्यको अवस्थामा छ भने ईन्डोर कार्यक्रमस्थलमा ५० जनासम्म भेला हुन पाउने व्यवस्था रहेको छ । विदेशी भूमिमा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको मायाले नेपाल र विशेषगरी चितवनमा परोपकारी कार्य गर्न चितवनबाट त्यहाँ पुगेकाहरु संगठित भएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.