सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टोक्यो ओलम्पिक खेलको लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने


  •    न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार १६:२४ 
  • टोक्यो, १९ मंसिर।  कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ ।

    आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । यसै वर्ष २०२० मा हुनुपर्ने टोक्यो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ ।

    डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाई छ ।

    टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।

    यद्यपी थप लागतको व्ययभार जापान सरकार, टोक्यो शहर र आयोजकले व्यहोर्ने सहमति भएको छ । (रासस–एएफपी)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.