सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग खेलमा सहज जित


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १०:११ 
  • काठमाडौं १८ मंसिर, । स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा सहज जित हात पारेका छन् ।

    समूह जीबाट यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका बार्सिलोना र युभेन्ट्सले क्रमशस् फेरेन्सिभारोस र डिनाभमो किभलाई समान ३(० ले पराजित गरेको हो ।

    फेरेन्सिभारोसको मैदानमा भएको खेलमा बार्सिलोनाले सबै गोल पहिलो हाफमा गरेको हो । खेलको १४औं मिनेटमा एन्टोइन ग्रीजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा मार्टिन ब्रेथवेइटले गोल गर्दै अग्रता दोब्बर पारे । २८औं मिनेटमा ओसमान डेम्बेलेले पेनाल्टीमार्फत बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

    समूह जी मा अपराजित रहेको बार्सिलोना ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ ।

    यस्तै युभेन्ट्सले पनि घरेलु मैदानमा सहज जित हात पार्दा तीन फरक खेलाडीले गोल गरे । २१औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा युभेन्ट्सले दुई गोल थप्यो । क्रिस्टियानो रोनाल्डोले ५७औं मिनेटमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे भने ६६औं मिनेटमा अल्भारो मोराटाले युभेन्ट्सका लागि तेस्रो गोल गरे । चौथो जितपछि १२ अंकसहित युभेन्ट्स दोस्रो स्थानमा छ ।

    किभ र फेरेन्सिभारोसमा समान १ अंक छ । समूहको अन्तिम खेलमा अब बार्सिलोनाले युभेन्ट्ससँग खेल्नेछ भने डिनामो किभ र फेरेन्सिभारोस युरोपा लिग पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो हुने टिम युरोपा लिगका लागि छनोट हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.