सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कार्यकाल सकिनै लागेका समय रक्षामन्त्रीलाई बर्खास्त


  •    न्युजभित्तो/२५ कार्तिक २०७७, मंगलवार १२:४७ 
  • वासिङ्टन, (रासस÷एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गर्नुभएको छ । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित हुनुभएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
    रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत इस्पेरलाई हटाइएको जानकारी दिनुभएको छ । तर उहाँलाई हटाउनुको कारण भने उहाँले स्पष्ट पार्नुभएको छैन ।

    ट्रम्प र इस्पेरकाबीचमा पछिल्लो केही समयदेखि मतभेद रहेको थियो । गत जुनमा एक जना अश्वेत अमेरिकीको हत्या भएपछि चर्किएको आन्दोलनका क्रममा सेना परिचालन गर्ने की नगर्ने बारेमा उहाँहरुका बीचमा मतभेद भएको हो ।

    त्यतिवेला ट्रम्पले आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेपनि रक्षा मन्त्री इस्पेरले भने अस्वीकार गर्नुभएको थियो । त्यति बेला नै उहाँलाई ट्रम्पले बर्खास्त गर्ने अनुमान गरिएपनि अहिले भने अनुमान गरिएको थिए ।

    राष्ट्रपति ट्रम्पले इस्पेरलाई हटाएर खाली भएको रक्षा मन्त्रीको पदमा नेस्नल काउन्टर टेरोरिजम सेन्टरका निर्देशक क्रिस्टोफर मिलरलाई जिम्मेवारी दिनुभएको छ । ट्रम्पले नवनियुक्त रक्षा मन्त्री मिलरले राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै बर्खास्त रक्षा मन्त्री इस्पेयरलाई विगतको सेवाका लागि धन्यवाद दिनुभएको छ ।

    बर्खास्त हुनुभएका इस्पेरले पनि राष्ट्रपति ट्रम्पप्रति धन्यवाद ज्ञापन गर्दै जिम्मेवारीमा रहँदा संविधान र सैनिक तथा सुरक्षाको मर्म अनुसार काम गर्ने प्रयत्न गरेको उल्लेख गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.