सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानका पाँच स्थानबाट अमेरिकाले आफ्ना सेना फिर्ता


  •    न्युजभित्तो/३१ असार २०७७, बुधबार १७:५८ 
  • वासिङटन । अमेरिकाले अफगानिस्तानबाट त्यहाँका करिब पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको छ । यही सन् २०२० को फेब्रुअरीमा अमेरिका र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो । सो सहमतिबमोजिम अमेरिकाले हजारौँं सैनिक फिर्ता गर्ने भनिएको थियो ।

    तालिबानको उक्त प्रस्तावमा सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौता गरेको अमेरिकाले अफगानिस्तानका विभिन्न पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको हो ।
    उक्त सम्झौतासँगै १८ वर्ष लामो द्वन्द्व अन्त्य हुने र अफगानिस्तान शान्तितर्फ उन्मुख हुने अपेक्षा गरिएको थियो ।

    सो सम्झौतामा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिबानहरुका थुनुवाहरु पनि अफगानिस्तानको सरकारले रिहा गर्नुपर्ने भनिएको थियो । सम्झौताअनुसार तालिबानले आफ्नो प्रतिवद्धताहरु पालना गर्नुपर्ने र अमेरिका र नेटोका साझेदारहरुले १४ महिनाभित्र आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गर्नुपर्ने बताइएको थियो ।

    अमेरिकाले यहाँ रहेका सेनालाई आठ हजारको हाराहारीमा ल्याउनुपर्ने शर्त सो शान्ति सम्झौताका क्रममा राखिएको थियो । त्यसैबमोजिम अफगानिस्तानबाट सेना फिर्ता गराइएको अमेरिकी रक्षा मन्त्रालयले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

    तालिबानले पनि आफ्नो नियन्त्रणमा रहेको भूभागमा अलकायदा र अरु अतिवादी समूहलाई सक्रिय हुन नदिने सो सम्झौतामा उल्लेख गरिएको थियो । अफगानिस्तानको सरकारसँग औपचारिक वार्ता गर्न अस्वीकार गर्दै आएको तालिबानका नेताहरुले गत फेब्रुअरीमा कतारमा अमेरिकासँग यस्तो सम्झौता गरेका थिए ।

    अमेरिका र तालिबानबीच कतारमा गत फेब्रुअरी २९ मा सहमति भएको थियो । सो सहमतिको १३५ दिनपछि मंगलबार अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेको जानकारी दिएको हो । रासस–एएनआई

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.