सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाबाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५० लाख नाघ्यो, ३ लाख २५ हजारको मृत्यु


  •    न्युजभित्तो/७ जेष्ठ २०७७, बुधबार १४:३१ 
  • जेनेभा । कोरोनाभाइरस (कोभिड–१९)का कारण विश्वभर सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ । त्यस्तै, २५ लाख भन्दा बढीको मृत्यु भएको छ ।

    कोरोनाभाइरस सम्बन्धी अपडेट गरिरहेको संस्था वल्र्डवमिटरको पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या ५० लाख पाँच सय ९९ पुगेको छ । कोरोनाबाट विश्वभर गरि तीन लाख २५ हजार एक सय ५६ जनाको ज्यान गएको छ । १९ लाख ७० हजार नौ सय १८ जना भने उपचार पश्चात निको भएका छन् ।

    उता, जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९४ हजार ८१३ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ५८९ जनाको ज्यान गएको छ ।

    प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ४२९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ५९ हजार ९६ जनाको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

    युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ३४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

    संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ५५२ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९३ हजार ५३३ पुगेको छ ।

    कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १६२, स्पेनमा ६९ र रसियामा ११५ जनाको ज्यान गएको छ ।

    दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १७ हजार ९८३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा १ हजार १३० जनाको ज्यान गएको छ ।

    कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

    क्र.सं.  महादेश        कूल संक्रमित           निको भएका        कूल मृत्यु

    १.  युरोप                १८,१५,९०७              ७,९५,६५२          १,६४,६०२
    २. उत्तर अमेरिका   १७,३९,२३६               ४,५५,७८४          १,०६,२८४
    ३. एसिया                ८,४४,५८३               ४,८७,४८४          २५,५५०
    ४. दक्षिण अमेरिका   ४,८८,००६               १,७७,००३           २५,४९३
    ५. अफ्रिका                 ९३,३३१                  ३६,८२१              २,९२५
    ६. ओसेनिया(अस्ट्रेलिया) ८,६८६                  ७,९९०                  १२१

    दक्षिण एसियाली मुलुकहरु

    १. भारत                  १,०६,८८६                  ४२,३०९              ३,३०३
    २. पाकिस्तान             ४५,८९८                   १३,१०१                  ९८५
    ३. बंगलादेश             २५,१२१                       ४,९९३                  ३७०
    ४. अफगानिस्तान        ७,६५३                         ८५०                   १७८
    ५. श्रीलंका                  १,०२७                         ५६९                        ९
    ६. माल्दिभ्स                 १,१४३                          ९१                           ४
    ७. नेपाल                        ४०२                          ३७                           २
    ८. भुटान                           २१                            ५                           –

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.