सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना : दश लाखभन्दा धेरैमा सङ्क्रमण निको भयो, उपचाररत मध्ये तीन प्रतिशतको अवस्था मात्र जटिल


  •    न्युजभित्तो/१८ बैशाख २०७७, बिहीबार ०९:५७ 
  • काठमाण्डौँ । विश्वका विभिन्न देशमा महामारीको रुपमा देखापरेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमित मध्ये १० लाखभन्दा धेरै मानिसलाई निको भएको छ । दुई सय १० देशमा कोरोनाभाइरस फैलिँदा ३२ लाख २० हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा पछिल्लो अपडेटअनुसार १० लाख तीन सय ५५ जनालाई निको भएको वल्डवमिटरले जनाएको छ ।

    त्यस्तै सङ्क्रमितमध्ये दुई लाख २८ हजार दुई सय ३६ जनाको मृत्यु भएको छ । त्यस्तै, १९ लाख ९० हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य तथा मध्यम रहेको वल्डवमिटले जनाएको छ ।

    कोरोनाबाट पछिल्लो २४ घण्टामा विभिन्न देशमा साढे ६ हजारभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाको छ ।

    अमेरिकामा गएको २४ घण्टामा मात्रै दुई हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या ६१ हजार छ सय नाघिसकेको छ । यस्तै १० लाख ६४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा साढे २७ हजारभन्दा धेरै, बेलायतमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

    भारतमा ३३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा एक हजारभन्दा धेरैको ज्यान गएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.