सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड–१९ : अमेरिकामा पाँच लाख भन्दा बढी मानिस सङ्क्रमित, झण्डै ३० प्रतिशत सङ्क्रमित अमेरिकाका


  •    न्युजभित्तो/२९ चैत्र २०७६, शनिबार १२:४४ 
  • काठमाडौँ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट संयुक्त राज्य अमेरिकामा मात्रै पाँच लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । वल्डवमिटरले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अमेरिकामा कोभिड–१९ बाट पाँच लाख दुई हजार आठ सय ७६ मानिस सङ्क्रमित भएका छन् । जुन विश्वभर सङ्क्रमितको सङ्ख्यामा झण्डै ३० प्रतिशत (२९.५७ प्रतिशत) हो ।

    वल्डवमिटर संयुक्त राष्ट्रसङ्घ (युएन) डब्लुएचओ, खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञ समूह सहभागी संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

    कोभिड–१९ को सङ्क्रमणबाट अमेरिकामा १८ हजार सात सय ४७ मानिसले ज्यान गुमाएका छन् । इटलीमा यसबाट १८ हजार आठ सय ४९ मानिसको मृत्यु भएको छ । तर पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा कोभिड–१९ बाट सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या अन्य देशको भन्दा निकै धेरै छ ।

    पछिल्लो २४ घण्टामा अमेरिकामा कोभिड–१९ को सङ्क्रमणबाट दुई हजार ३५ जनाको मृत्यु भएको छ । सोही अवधिमा अमेरिकामा ३३ हजार सात सय ५२ जना नयाँ सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा नौ सय ८७ जना र बेलायतमा नौ सय ८० जनाको मृत्यु भएको छ । जबकी चीनमा कोभिड–१९ को सङ्क्रमणबाट सोही अवधिमा एक जनाको मात्र ज्यान गएको छ ।

    पछिल्लो तथ्याङ्कअनुसार कोभिड–१९ को सङ्क्रमणबाट विश्वमा मृत्यु हुनेको सङ्ख्या एक लाख दुई हजार सात सय ५५ पुगेको हो । सङ्क्रमितको सङ्ख्या १७ लाख तीन सय ७८ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.