सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संयुक्त राष्ट्रसंघद्वारा जुन ३० सम्म शान्तिसेना परिचालन स्थगित


  •    न्युजभित्तो/२६ चैत्र २०७६, बुधबार १४:२६ 
  • न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित भएको छ ।

    राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले भन्नुभयो, “हाम्रो अहिलेको सर्वोच्च प्राथमिकता नै विश्वका सबै संकटपूर्ण ठाउँमा खटाइने बर्दीधारी सैनिकहरुमा कोविड–१९ नभएको सुनिश्चित गर्नु रहेको हुन्छ ।” उहाँले केही विशिष्ट अवस्थामा यस व्यवस्थामा सामान्य फेरबदल हुन सक्ने स्पष्ट गर्नुभयो ।

    राष्ट्रसंघको उक्त निर्णयका बारेमा शान्ति सैनिक र प्रहरी पठाइरहेका सबै मुलुकलाई जानकारी गराइएको पनि उहाँले बताउनुभयो । तर राष्ट्रसंघका अन्य निकायहरु जस्तै राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम र शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (युएनएचसीआर) का कार्यक्रमहरु द्वन्द्वग्रस्त मुलुकहरुमा यथावत रहेको राष्ट्रसंघले जनाएको छ ।

    प्रवक्ता डुजारिकले युनिसेफ र विश्व खाद्य कार्यक्रमले जोर्डान सरकारसँग मिलेर शरणार्थीहरुलाई मद्दत गरिरहेको, खाद्य सहयोग तथा अरु कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । डुजारिकका अनुसार युएनएचसिआरले पूर्वी अफ्रिकामा रहेका शरणार्थीको ठूलो हिस्सामा कोविड–१९ को संक्रमण रोक्न, उपचार गर्न र प्रसारलाई नियन्त्रणमा राख्न काम गरिरहेको छ ।

    यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रकाशन गरेको नयाँ प्रतिवेदनले कोरोनाभाइरसको महामारीका कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न भएको र यसबाट खासगरी अग्रमोर्चामा काम गर्नुपर्ने नर्सहरु रहेको जनाएको छ ।

    डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले “विश्वका नर्सहरुको स्थिति प्रतिवेदन २०२०” सार्वजनिक गर्दै नर्सहरु कुनै पनि स्वास्थ्य प्रणालीका मेरुदण्ड रहेको बताउनुभयो । “विश्वभर हाल २ करोड ८० लाख नर्सहरु कार्यरत छन् जबकी विश्वमा अहिले ५९ लाख नर्सको कमी छ । नर्सको कमी सबैभन्दा बढी अफ्रिका, दक्षिणपूर्वी एसिया, पूर्वी भूमध्यसागरीय क्षेत्र र दक्षिण अमेरिकामा छ ।”

    विश्व स्वास्थ्य दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले मानव स्वास्थ्यका लागि विश्वभरका सबै स्वास्थ्यकर्मीले दिनरात केही नभनी कोरोना महामारी विरुद्ध संघर्ष गरिरहेकामा त्यसको उच्च प्रशंसा गर्दछु भन्नु भएको छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.