सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघ्यो, ४ लाख ७१ हजार सङ्क्रमित


  •    न्युजभित्तो/१३ चैत्र २०७६, बिहीबार ०८:४८ 
  • विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट विहीबार विहानसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २ सय ८३ जनाको मृत्यु भएको छ ।

    विश्वको जनसङ्ख्या र अन्य तथ्याङ्क विश्लेषण र सार्वजनिक गर्ने संस्था वल्ड व मिटरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार संसारभरि ४ लाख ७१ हजार ३५जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

    सङ्क्रमित व्यक्तिहरुमा १ लाख १४ हजार २१८ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ५३४ व्यक्ति हाल उपचारारत छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ ।

    चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ ।

    कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको छ । चीनमा ७४ हजार ५१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ७ हजार ५०३ जनाको मृत्यु भएको छ ।

    इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ७७ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ३ हजार ६४७ जनाको मृत्यु भएको छ । स्पेनमा कोरोनाभाइरसको सङ्क्रमणबाट चीनमा भन्दा बढी मानिसको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.