सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टोकियो ओलम्पिक २०२० सर्ने निश्चित


  •    न्युजभित्तो/१२ चैत्र २०७६, बुधबार २१:०७ 
  • टोकियो । अन्ततः टोकियोमा हुन लागेको ओलम्पिक खेल केही समय पछाडि सर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचबीच मङ्गलबार दिउँसो भएको भिडियो वार्तामा केही समय पछाडि ओलम्पिक खेल सार्ने विषयमा छलफल भएको हो ।

    जापान आफ्नो देशमा हुन लागेको ओलम्पिकका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि विश्वभरि फैलँदै गएको कोरोना भाइरसका कारण ओलम्पिक खेलसमेत प्रभावित हुने देखेपछि तत्कालका लागि ओलम्पिक खेल स्थगन गर्ने पक्षमा देखिएको हो । जापानी प्रधानमन्त्री आवेले टोकियो ओलम्पिक खेल आयोजक समितिका प्रमुख योशिरो मोरीसँग समेत सल्लाह गरी सोमबारको संसदीय समितिमा खेल पूर्ण रुपमा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि खेल केही समय पछाडि सार्नका लागि ओलम्पिक कमिटीलाई आग्रह गर्ने बताउनुभएको थियो ।

    नयाँ मिति घोषणा गर्ने भन्नेमा नै वार्ता केन्द्रित भए पनि खेल कहिलेसम्म सार्ने भन्ने निश्चित नभएको जापानी समाचार एजेन्सी एनएचकेले जनाएको छ । खेल आयोजक राष्ट्र जापानले भने सकेसम्म ओलम्पिक खेललाई तोकिएको मितिमा नै पूरा गर्न चाहे पनि देशभित्र र बाहिरको वातावरण उपयुुक्त नदेखिएपछि अन्ततः खेल सार्न तयार भएको हो ।

    चार महिना पछाडि शुरु हुन लागेको ओलम्पिक खेल एक पटक मिति सार्दा तीन अर्ब असी करोड डलर घाटा लाग्ने आयोजकले जनाएको छ । अहिलेसम्म जापानमा झण्डै एक हजार ८ सय सङ्क्रमित बिरामी रहेकाले यसलाई नियन्त्रण गर्न जापान सरकार केन्द्रित बनिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.