सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा मङ्गलबार रातिदेखि तीन साता लामो ‘लकडाउन’


  •    न्युजभित्तो/११ चैत्र २०७६, मंगलवार २२:४७ 
  • नयाँ दिल्ली । भारतमा कोरोना भाइरस नियन्त्रणका लागि २१ दिन लामो ‘लकडाउन’ घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार साँझ टेलिभिजन सम्बोधन गर्दै मध्यरातबाट लागू हुने गरी २१ दिन अर्थात् तीन साता लामो लकडाउन घोषणा गर्नुभएको हो ।

    ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु’ भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो– ‘२१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ । घरमै बस्नुस् र एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस् ।’

    स्वास्थ्य विज्ञहरुलाई उदृत गर्दै कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्वपूर्ण हुने मोदीले बताउनुभयो । स्वास्थ्यसम्बन्धी पूर्वाधार मजबुत बनाउन केन्द्र सरकारले १५ हजार करोड रुपैयाँ छुट्याएको पनि सम्बोधनको क्रममा उहाँले बताउनुभयो । आफ्नो टेलिभिजन सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले एउटा ब्यानर देखाउँदै भन्नुभयो– ‘को–कोई, रो–रोड पर, ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’

    मोदीले कोरोना सङ्क्रमितको उपचार र नियन्त्रणका लागि चिकित्साकर्मीको प्रयासको प्रशंसासमेत गर्नुभएको छ । (इन्डिया टिभीको सहयोगमा)

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.