सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाबाट विश्वभरि सोह्र हजार पाँच सय अन्ठाउन्न जनाको मृत्यु


  •    न्युजभित्तो/११ चैत्र २०७६, मंगलवार १६:३७ 
  • जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

    सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७७४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

    कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १७१ जना सङ्क्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार ७३ हजार १५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

    हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । हाल ६३ हजार ९२७ जना सङक्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार सात हजार ४३२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

    इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ८१२ व्यक्तिको मृत्यु भएको छ । हाल १२ हजार ८६१ जना सङक्रमित रहेका छन् । सात हजार ८३७६ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।

    कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ३११ व्यक्तिको मृत्यु भएको छ । हाल २९ हजार ४७० जना सङक्रमित रहेका छन् । मङ्गबार प्राप्त एक समाचारका अनुसार तीन हजार ३५५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

    जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

    संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ५८२ व्यक्तिको मृत्यु भएको छ । हाल ४५ हजार २६८ जना सङक्रमित छन् भने २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

    फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ८६० जनाको मृत्यु भएको छ । मङ्गलबार प्राप्त एक समाचारअनुसार स्रोह हजार ७९६ सङ्क्रमित रहेका छन् भने २ हजार २०० उपचारपछि घर फर्किएका छन् ।

    दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ४१० सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ५०७ उपचारपछि निको भएर घर फर्किएका छन् ।

    स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । आठ हजार ५४४ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

    बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ३३५ व्यक्तिको मृत्यु भएको छ । छ हजार १८० सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

    नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २१३ व्यक्तिको मृत्यु भएको छ । चार हजार ५३४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

    अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २१ व्यक्तिको मृत्यु भएको छ । चार हजार ४४४ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

    बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ८८ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २५४ सङ्क्रमित भएका छन् । यसैबीच ४०१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

    नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १० व्यक्तिको मृत्यु भएको छ । दुई हजार ६०१ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

    कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४ , डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको आज प्राप्त समाचारमा जनाइएको छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.