सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साउदी अरबमा देशभरि कर्फ्यू घोषणा


  •    न्युजभित्तो/१० चैत्र २०७६, सोमबार २२:२७ 
  • रियाद । साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कर्फ्यूको घोषणा गरिएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कर्फ्यू आगामी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन् ।

    साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने कर्फ्यू आदेशको घोषणा गर्नु भएको जनाइएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कर्फ्यूको घोषणा गर्न परेको स्पष्ट पार्नुभएको छ ।

    साउदी राजा सल्मानले जनहितका लागि कर्फ्यू पालना पूर्णरूपमा गर्न पनि आह्वान गर्नु भएको छ । राजाको तर्फबाट राजदरवारले जारी गरेको वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्नेतर्फ उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

    खाडी मुलुक साउदी अरबमा सोमबारसम्म ५११ जना सङ्क्रमित भेटिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कर्फ्यू आदेश लागू नहुने वक्तव्यमा उल्लेख गरिएको छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.