सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाबाट चौध हजार सात सय जनाको मृत्यु, ९९ हजार उपचारपछि घर फर्किए


  •    न्युजभित्तो/१० चैत्र २०७६, सोमबार १८:३९ 
  • जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार सात सय चार जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

    सङ्क्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख २६ हजार ३१२ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।

    चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार दुई सय ७२ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार ९३ जना सङ्क्रमित रहेका छन् ।

    हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगबाट पाँच हजार चार सय ७६ व्यक्तिको मृत्यु भएको छ । हाल ५९ हजार एक सय ३८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार सात हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

    इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार छ सय ८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार छ सय ८५ जना सङक्रमित रहेका छन् । सात हजार नौ सय १३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।

    कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा १ हजार सात सय ७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार सात सय ६८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार पाँच सय ७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

    जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार आठ सय ७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण चार सय ५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना सङक्रमित भने एक सय ७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

    फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण छ सय ७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना सङक्रमित रहेका छन् । एक हजार दुई सय ९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

    दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण एक सय ११ व्यक्तिको मृत्यु भएको छ । आठ हजार नौ सय ६१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार एक सय ६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।

    स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ । सात हजार सात सय २४ सङ्क्रमित भएका छन् । यसैबीच एक सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

    बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण दुई सय ८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार छ सय ८३ सङ्क्रमित भएका छन् । यसैबीच एक सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

    नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण एक सय ७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार दुई सय चार सङ्क्रमित भएका छन् । अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । तीन हजार छ सय १९ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

    बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार चार सय एक सङ्क्रमित भएका छन् । यसैबीच तीन सय ४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट सात व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा सङ्क्रमण देखिएको र एकको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.