माओवादी विद्रोहीको आक्रमणमा १७ भारतीय प्रहरीको मृत्यु
न्युजभित्तो/९ चैत्र २०७६, आईतवार २१:२०
रायपुर (भारत) । सयौं माओवादी विद्रोहीद्वारा मध्य भारतको छत्तीसगढ राज्यमा शनिबार गरेको आक्रमणमा १७ प्रहरीको मृत्यु भएको भारतीय अधिकारीले पुष्टि गरेका छन् ।
सुकमा जिल्लाको जंगलमा रहेको पुलिस कमाण्डो गस्तीमा भएको आक्रमण पछिल्ला वर्षहरूमा प्रहरीमाथि भएको घातक ठूलो आक्रमणका रूपमा भारतीय प्रहरीका एक प्रवक्ता अधीक्षक शलाब सिन्हाले आइतबार बताउनुभयो । आक्रमणपछि आइतबार नै उक्त जिल्लामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पठाइएको राज्य सरकारले बताएको छ ।
स्थानीय प्रहरी सुपरिटेन्डेन्ट शलाब सिन्हाले एएफपीलाई दिएको जानकारी अनुसार करिब ३०० सशस्त्र नक्सलवादी विद्रोहीले प्रहरीको कमाण्डो फोर्समाथि आक्रमण गरेपछि प्रहरीतर्फ यति ठूलो सङ्ख्यामा क्षति भएको हो ।
उहाँले भन्नुभयो, “हामीले १७ प्रहरी अधिकारीको मृत शरीर घटनास्थलबाट सङ्कलन गरेका छौँ भने अन्य १५ जना प्रहरीलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छौँ ।” सिन्हाकाअनुसार करिब ३०० देखि ३५० माओवादी विद्रोहीले प्रहरी कमाण्डोमाथि आक्रमण गरेका थिए ।
प्रहरीका अनुसार शनिबार भएको झडपमा चार माओवादी लडाकू पनि मारिएका छन् । सन् २०१७ को अप्रिलदेखि प्रहरीले थालेको अतिवादी वामपन्थी गुरिल्लाविरोधी कारवाहीमा ठूलो सङ्ख्यामा विद्रोहीले क्षति व्यहोरेको छ । माओवादी विद्रोहीको आक्रमणमा सन् २०१७ मा २५ प्रहरीको मृत्यु भएपछि प्रहरीलाई सशक्त बनाई कारबाही थालिएको थियो ।
यस पहिले भारतमा निर्वाचनको तयारी भइरहेका समय निर्वाचन बहिस्कार गरेको उक्त समूहले निर्वाचन विथोल्ने उद्देश्यका साथ महाराष्ट्रमा विस्फोट गराएको सरकारी अधिकारीले बताएका थिए । आक्रमणमा कम्तीमा १६ प्रहरी कमाण्डोको मृत्यु भएको थियो ।
विद्रोहीले ग्रामिण इलाकामा राज्यको उपस्थिति नरहेको दावी गर्दै गरीब र गाउँले जनताको अधिकारका लागि सङ्घर्ष गरिरहेको बताउने गरेका छन् । उनीहरूको सरकार विरोधी आन्दोलनको प्रभाव भारतको झारखण्ड, पश्चिम बङ्गाल, उडिसा, बिहार, छत्तीसगढ, महाराष्ट्र, आन्ध्रा प्रदेश र अन्य राज्यमा सन् १९६० देखि जारी रहेको छ भने यस आन्दोलनमा हजारौँ भारतीयको मृत्यु भैसकेको छ । एजेन्सीको सहयोगमा