सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्भया हत्यामा संलग्न चारैजना दोषीलाई मृत्युदण्ड


  •    न्युजभित्तो/७ चैत्र २०७६, शुक्रबार १२:१७ 
  • नयाँदिल्ली । सन् २०१२ मा भएको निर्भया हत्याकाण्डका दोषी चारै जनालाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । विगत अढाई महिनादेखि ती चारै जनालाई दिइने फाँसीका बारेमा रहेको अन्यौल पनि मृत्युदण्डसँगै समाप्त भएको छ ।

    अभियुक्तहरुले सन् २०१२ मा एक महिलालाई नयाँदिल्लीको सार्वजनिक बसमा साँझ सामूहिक बलात्कार गरी सडक किनारामा फालिदिएका थिए । हत्याका अभियुक्तहरु सबैलाई मृत्युदण्ड दिइनु पर्ने भन्दै नयाँदिल्ली सहित भारतका विभिन्न स्थानमा धर्ना र प्रदर्शन भएका थिए ।

    अभियुक्ततर्फका वकील एपी सिंहले अन्तिम सुनुवाईका लागि गरेको आग्रहलाई खारेज गर्दै सर्वोच्च अदालतको बिहीबार अबेर राति बसेको तीन सदस्यीय इजलासले थप सुनुवाई नगर्ने फैसला गरेको थियो ।

    पीडितका अभिभावकहरु, आमा आशादेवी र बुबा बद्रीनाथ सिंहले अभियुक्तहरुलाई मृत्युदण्ड दिइएकोप्रति खुशी व्यक्त गर्नु भयो । उहाँहरुले आफ्नी छोरीले आठ वर्षपछि बल्ल न्याय पाएको बताउनुभएको छ ।

    दिल्लीको एक अदालतले गत मार्च ५ तारिखमा चारै जना अपराधीहरु अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई तिहाड जेलमा फाँसीको सजाय दिन आदेश दिएको थियो ।

    यसअघि अभियुक्त अक्षय ठाकुरले आफूलाई माफी दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर सर्वोच्च अदालतले उनको निवेदनलाई अस्वीकार गरेको थियो । साथै, तल्लो अदालतले पनि फाँसीको सजायलाई बिलम्ब गर्न अस्वीकार गर्दै तोकिएकै मितिमा सजाय दिन आदेश दिएको थियो । त्यसपछि उनीहरुका तर्फबाट बिहीबार साँझ दिल्ली उच्च अदालतमा निवेदन दिइएको थियो । उच्च अदालतले पनि निवेदनमाथि केही गर्न नसक्ने फैसला सुनाएको थियो ।

    अन्ततः, अभियुक्तहरुका वकील सर्वोच्च अदालत पुगेर मुद्दामाथि तत्काल सुनुवाई गर्न अनुरोध गरे । तर बिहीबार मध्यराति अर्थात् शुक्रबार बिहान २.३० बजे बसेको सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले उक्त निवेदनलाई खारेज गरिदिएपछि फाँसीको सजाय दिन बाटो खुलेको थियो ।

    सर्वोच्च अदालतमा करिब आधा घण्टा सुनुवाई भएको थियो । न्यायाधीशहरु आर बानुमथी, अशोक भुषण र जेएएस बोपानाले अभियुक्तहरुका तर्फबाट दिइएको निवेदन अस्वीकार गर्नु भएको थियो । इजलासले अभियुक्तका वकीलले दिएको निवेदनमा विगतमा विभिन्न अदालत समक्ष प्रस्तुत गरेका उही पुरानै कुरा दोहोरिएको र राष्ट्रपतिबाट माफी पाउनुपर्ने उचित कारण प्रस्तुत हुन नसकेको ठहर गरेको थियो ।

    यी चारै जनाले २३ वर्षीया एक विद्यार्थीलाई डिसेम्बर १६, २०१२ मा दक्षिणी दिल्लीमा गुडिरहेको सार्वजनिक बसमा सामूहिक बलात्कार गरी निर्ममतापूर्वक कुटपिट गरेका थिए । शुरुमा दिल्लीस्थित सफदरजङ अस्पतालमा उपचार गरिए पनि अन्तिममा सिंगापुरस्थित एक अस्पतालमा उपचारकै क्रममा ती विद्यार्थीको निधन भएको थियो । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.