सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा आठ हजार नौ सय ८२ को मृत्यु (अपडेट)

"८५ हजार सात सय ६९ जना उपचारपछि घर फर्किए "

  •    न्युजभित्तो/६ चैत्र २०७६, बिहीबार १३:५५ 
  • जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म ८ हजार ९८२ व्यक्तिको मृत्यु भएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी २ लाख २० हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

    सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २५ हजार ४४८ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परीसकेको छ ।

    चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

    बिहीबार देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको जनाइएको छ ।

    चिनियाँ मूलभूमिमा जनवरीयता ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन् । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी चीन हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन् ।

    हाल चीनमा कोरोना भाइरसको सङ्क्रमणका नयाँ घटना अधिकांश बाहिरबाट आएका आगन्तुकहरूले ल्याएका जनाइएको छ ।

    कोरोनाभाइरसका कारण विश्वभरि सडक र सार्वजनिक स्थल रित्तिएका छन् । यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटनाहरू देखा परेका तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् सो भने प्रष्ट भइसकेको छैन् ।

    सिङ्गापुरमा बुधवार ४७ वटा नयाँ सङ्क्रमण देखा परेका छन् जसमध्ये ३३ वटा आयातित थिए । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमणबारे बिहीवार साँझ देशवासीका नाममा सम्बोधन गर्ने समाजिक सञ्जाल ट्विटरमार्फत बताउनु भएको छ ।

    भारतमा हालसम्म कम्तीमा १६९ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखा परेका छन् र देशभर सयौँको सङ्ख्यामा मानिसहरूलाई ’सेल्फ आइसोलेशन’ वा ’क्वारन्टीन’ केन्द्रमा राखिएको छ ।

    देशभर विद्यालय र कलेजहरू बन्द गरिएका छन् र धेरै राज्यहरूले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । तर विज्ञहरूले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् । हालसम्म भारतमा कोरोनाभाइरसका कारण तीन जनाको मृत्यु भएको भईसेकेको छ ।

    पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ । श्रीलङ्कामा ५१ वटा, अफगानिस्तानमा २२ वटा, बाङ्ग्लादेशमा १४ वटा, माल्दिभ्समा १३ वटा सङ्क्रमण हालसम्म देखा परेको छ । एजेन्सीको सहयोगमा

     

    कोरोना भाइरसको सङ्क्रमणबाट आठ हजार नौ सय ७० को मृत्यु

    जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण आजसम्म विश्वभर आठ हजार नौ सय ७० व्यक्तिको मृत्यु भएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी दुई लाख १९ हजार तीन सय ५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

    सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार सात सय ४५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २४ हजार छ सय ११ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.