सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गौतमबुद्ध कप टी–२० क्रिकेटको उपाधी भरतपुर ४ले जित्यो


  •    न्युजभित्तो/५ चैत्र २०७६, बुधबार २१:३९ 
  • चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सम्पन्न खुल्ला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी भरतपुर–४ ले जितेको छ । निर्माणाधीन रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा वडा नम्वर–२० लाई हराउँदै वडा नम्वर–४ ले उपाधी जितेको हो ।

    फाइनलमा भरतपुर–४ ले २० लाई २७ रनले पराजित गर्यो । भरतपुर–४ ले दिएको १६० रनको लक्ष्य पछ्याएको भरतपुर–२० ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३२ रन मात्र बनायो । भरतपुर २० विरुद्ध भरतपुर ४ का चिरन श्रेष्ठ एक्लैले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका श्रेष्ठले २६ रन खर्चिए ।

    त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भरतपुर ४ ले निधारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । उसका लागि चिरन श्रेष्ठले १७ बलमा २७ रन बनाए ।

    बिजेता बनेको भरतपुर ४ ले नगद ७० हजारसहित ट्रफी प्राप्त गरेको छ भने उपबिजेता भरतपुर २० ले ३५ हजार रुपैयाँ पुरस्कारमा चित्त बुझाएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका भरतपुर ४ का चिरन श्रेष्ठ ‘म्यान अफ दि सिरिज’ घोषित भए । उनले नगद सात हजार रुपैयाँ प्राप्त गरेका प्रतियोगिता संयोजक पुष्पराज आचार्यले जानकारी दिए ।

    त्यस्तै, भरतपुर २० का सन्तोष न्यौपाने उत्कृष्ट ब्याट्सम्यान र २० कै हेमराज पौडेल उत्कृष्ट बलर घोषित भए । उनीहरुले जनही चार÷चार हजार रुपैयाँ प्राप्त गरे । उनीहरुलाई धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली), पूर्व राष्ट्रिय कप्तान तथा क्यान चितवनका प्रमुख प्रशिक्षक राजु खड्का, सेन्ट्रल कलेफ अफ भोकेसनल ट्रेनिङ नारायणगढका निर्देशक जीवन लामिछानेलगायतले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगितामा भरतपुरका विभिन्न वडा र क्लब गरी ३२ टोलीको सहभागीता रहेको थियो । रङ्गशालालाई केही दिनभित्रै सहयोग रकम हस्तान्तरण गरिने आयोजक चितवन आदर्श युवा क्लबका अध्यक्ष उमाकान्त आचार्यले बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.