सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो


  •    न्युजभित्तो/५ चैत्र २०७६, बुधबार १५:५८ 
  • न्यूयोर्क । कोरोना भाइरसका कारण विश्वको शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ । जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रकाअनुसार बिरामी हुनेको सङ्ख्या भने छ हजार नाघेको छ ।

    अधिकारीहरुका अनुसार पछिल्लो सात घण्टामा झण्डै एक हजार बिरामी बढेर कूल बिरामीको सङ्ख्या छ हजार २३२ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको कुन सङ्ख्या १०५ पुगेको अधिकारीहरुले जानाकारी दिएका छन् ।

    अष्ट्रेलियामा छैठौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्यकर्मीले बुधबार दिएको जानकारीअनुसार ८६ वर्षीय एक पुरुषको मृत्युभएको हो । उनको सिड्नी अस्पतालमा मङ्गलबार राति मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

    अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या ५०० नाघेको छ भने, दैनिक रुपमा सयौँ व्यक्तिको स्वास्थ्य परीक्षण भइरहेको छ । जापानमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या ८६८ पुगेको छ । बुधबार बिहानसम्मको विवरणअनुसार जापानमा ३६ जनाको मृत्यु भएको छ ।

    भारतमा दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएर बुधबारसम्म १४७ पुगेको छ । अघिल्लो दिनभन्दा बुधबार कूल सङ्ख्यामा दश जना थपिएका हुन् । भारतका हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण तीन व्यक्तिको मृत्यु भएको छ ।

    कूल सङ्क्रमितमध्ये १२२ जना स्वदेशी र अन्य बिरामी विदेशी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको विषेशगरी महाराष्ट्रमा सबैभन्दा धेरै बिरामी भेटिएका छन् भने केरला, उत्तर प्रदेश र कर्नाटकमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी रहेका छन् ।

    इजरायलमा थप नब्बेजना सङ्क्रमित थपिएका छन्, यो सँगै सङ्क्रमितको सङ्ख्या ४२७ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरसका कारण भियतनाममा ६८ जना बिरामी भएका छन् ।

    चीनमा बुधबार एकजना मात्र कोरोना संक्रमित भेटिए

    चीनमा बुधबार कोरोना भाइरसका एकजना सङ्क्रमित भेटिएका छन् । तर यसको सङ्क्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ । गत वर्षको अन्तमा भाइरस पहिलो पटक देखा परेको मध्य शहर उहानमा लगातार दोस्रो दिन एकमात्र सङ्क्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

    हुबेई प्रान्तको वरिपरि नयाँ सङ्क्रमण विगत सात दिनमा ९ भन्दा कम सङ्क्रमित पाइएको बताइएको थियो । फेब्रुअरीको शुरुमा चीनको हुबेइ प्रान्तको उहान शहरमा दिनहूँ हजारौंको संख्यामा कोरोना भाइरसका सङ्क्रमित हुने गरेकोमा गएको हप्तामा ९ जनाभन्दा कम मात्र विरामी पाइएको सो आयोगले जनाएको छ ।

    उहान शहरमा गत जनवरी २३ मा ११ करोड मानिसहरूलाई अलग्गै राखिएको थियो । तर हालैका दिनहरुमा प्रान्तको केही भागहरुमा प्रतिबन्धहरुमा सहजता आएको छ । चीनले यो भाइरसको फैलावटलाई “मौलिक रुपमा रोकेको” जनाएको छ ।

    हाल चीनमा स–साना शहरहरूले स्वस्थ मानिसहरूलाई काममा फर्काउन वा आफ्नो गाउँहरू फर्काउन अनुमति दिएका छन् । तर बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको संक्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ । बुधबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको र यो संख्या कूल १५५ पुगेको बताइएको छ ।

    सरकारका अनुसार प्रत्येक दिन औसत २० हजार मानिस चीनमा उडान गरिरहेका छन् । दश चिनियाँ प्रान्त र शहरहरूले विदेशबाट आएका व्यक्तिहरूलाई अनिवार्य क्वानरन्टाइनमा राखेको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन् । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.