सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरस : विश्वभर छ हजारभन्दा बढिको मृत्यु, एक लाख ६० हजारमा सङ्क्रमण


  •    न्युजभित्तो/२ चैत्र २०७६, आईतवार २२:५३ 
  • पेरिस । कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर छ हजार ३६ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

    कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा एक हजार ९०७ व्यक्तिको मृत्यु भएको छ । शनिबार पाँच हजार ७५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या आइतबार साँझसम्म सात हजार ७५३ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन् ।

    शनिबारदेखि आइतबारसम्म २४ घण्टाको अन्तरालमा स्पेनमा १०५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन् । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ ।

    स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उहाँकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा रहेर उपचार गराईरहेको बताइएको छ । प्रधानमन्त्री साञ्चेजले स्पेनलाई ‘लकडाउन’ गर्ने बताएको केही समयपछि नै वेगोनालाई पनि सङ्क्रमणको पुष्टि भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.